काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रम राष्ट्रिय सहमतिको कार्यक्रम भएको दाबी गरेका छन्।
बिहीबार सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक कार्यक्रमपछि बोल्दै उनले यस्तो बताएका हुन्।
उनले अहिलेको न्यूनतम साझा कार्यक्रममा यसअघिको सरकारसँग रहेका दलहरू र अहिलेका सरकारमा रहेका दलहरूकै साझा रुपमा कार्यक्रम राखिएकाले सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रम राष्ट्रिय सहमतिको कार्यक्रम भएको दाबी गरे।
उनले न्यूनतम साझा कार्यक्रम कार्यान्वयनका लागि विशेष जोड दिन र कार्ययोजना बनाइ अघि बढ्न निर्देशनसमेत दिए।
प्रधानमन्त्री दाहालले न्यूनतम साझा कार्यक्रमलाई कार्यान्वयन गर्ने जिम्मेवारी कर्मचारी, राजनीतिक दलहरू लगायत सबैको रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।