काठमाडौं– सत्ता गठबन्धनले दुई वर्षभित्र संक्रमणकालीन न्यायसम्बन्धी काम सक्ने दाबी गरेको छ।
सत्ता गठबन्धनले तयार पारेको न्यूनतम साझा कार्यक्रममा सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोग गठनलाई पूर्णता दिँदै शान्ति प्रक्रियाका बाँकी काम यो अवधिमा पूरा गर्ने दाबी गरिएको छ।
सरकारकी प्रवक्ता रेखा शर्माले सत्ता गठबन्धनको साझा कार्यक्रम सार्वजनिक गर्दै सरकारी सेवा लिन लाग्ने समय एक तिहाइले घटाउने पनि दाबी गरिन्।
कृषिका प्राथमिकता
गठबन्धनले साझा कार्यक्रममा कृषिलाई प्राथमिकता दिएको छ। कृषिको आधुनिकीकरण, यान्त्रिकीकरण र व्यवसायीकरण गरी गरीबी निवारण गर्न कृषि फार्म, कन्ट्राक्ट खेती र सहकारी खेतीमा जोड दिने कार्यक्रममा भनिएको छ।
कृषिमा अनुदानको व्यवस्था गर्ने र प्रत्येक किसानलाई खेतीका लागि आवश्यक मल तथा उन्नत बीउ बिजन समयमै उपलब्ध गराउने कार्यक्रममा भनिएको छ।
कृषि व्यवस्था गरी जोखिमलाई न्यूनीकरण गर्ने र प्राविधिक शिक्षा, सिंचाई, कृषि बजार र कृषि खरिदको सुनिश्चितालगायतको व्यवस्था गर्ने कार्यक्रममा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।