काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सरकार पुनः गठन भएकाले न्यूनतम साझा कार्यक्रम फेरि ल्याउनुपरेको बताएका छन्।
बिहीबार प्रतिनिधि सभाको बैठकपछि संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्।
उनले यसअघिको सरकार नै पाँच वर्ष चल्नुपर्ने र न्यूनतम साझा कार्यक्रमहरू पनि सोही सरकारले बनाएको अनुसार कार्यान्वयन हुनुपर्ने भएपनि सो अनुसार हुन नसक्दा पुनः न्यूनतम साझा कार्यक्रम ल्याउनुपर्ने आवश्यकता भएको बताए।
उनले यस गठबन्धन सरकार पाँच वर्षसम्म निरन्तर कायम रहेन र न्यूनतम साझा कार्यक्रम पनि जनपक्षीय रहेको दाबी गरे।
मन्त्री ज्वालाले सरकारले पूर्ण रुपमा काम गरिरहेको दाबी गर्दै सरकार तीब्र गतिमा आफ्ना कामलाई अघि बढाउन लागिपरेको बताए।
मन्त्री ज्वालाले संसद् अहिले बिजनेसविहीन हुनुपर्ने अवस्थामा नरहेको समेत बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।