काठमाडौं– सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रममा आपूर्ति व्यवस्थालाई सुधार गर्दै अर्थतन्त्रलाई गतिशील बनाउने मूल लक्ष्य लिइएको छ।
सूचना प्रविधि तथा सञ्चारमन्त्री रेखा शर्माले सत्ता गठबन्धनको साझा कार्यक्रम सार्वजनिक गर्दै यस्तो दाबी गरेकी हुन्। सिंहदबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारले दोस्रो पटक आफ्नो नीति तथा कार्यक्रम ल्याएको हो। नेपाली काग्रेससँगको गठबन्धन बनाएपछि नयाँ न्यूनतम साझा कार्यक्रम ल्याइएको हो।
आपूर्ति व्यवस्थाको सुधार, सुशासन र प्रशासन चुस्त बनाउने कार्यक्रममा उल्लेख छ। त्यस्तै भ्रष्टाचारलाई कारबाहीको दायरामा ल्याउन प्रतिबद्धता पनि साझा कार्यक्रममा उल्लेख छ। त्यस्तै विस्तृत शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने कार्यक्रममा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।