काठमाडौं- जनता समाजवादी पार्टी, नेपाल (जसपा)को विधान अधिवेशन सारेको छ। पार्टी उपनिर्वाचनको तयारीमा जुटेकाले जेठ १ गतेका लागि अधिवेशन सारिएको जसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए।
जेठ १ देखि ३ गतेसम्म काठमाडौँमा महाधिवेशन हुने थापाले बताए। यसअघि यही चैत २६ गतेदेखि २८ गतेसम्म अधिवेशन गर्ने तय भएको थियो। तर वैशाख १० गते हुने उपनिर्वाचनमा पार्टीका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बनेका विधान अधिवेशन सारिएको थापाले बताए।
बारा क्षेत्र नम्बर २ बाट जितेका प्रतिनिधि सभा सदस्य रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि उक्त स्थानमा उपनिर्वाचन हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।