काठमाडौं- नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले विकास बजेट खर्च नहुने प्रवृत्तिलाई न्यूनीकरणका लागि बजेट क्यालेन्डर बनाउनुपर्नेमा जोड दिएका छन्।
बिहीबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले बजेट क्यालेन्डर बनाइ प्रत्येक महिनामा निश्चित प्रतिशत बजेट खर्च गर्न र सोही अनुरुप सम्बन्धित निकायहरुको कार्यसम्पादन मूल्यांकन गर्न ध्यानाकर्षण गराए।
'चालु आर्थिक वर्ष सकिन तीन महिना बाँकी छँदा करिब २५.८८ प्रतिशत मात्र पुँजीगत खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाउँछ। गत आर्थिक वर्षको असार महिनामा कुल पुँजीगत खर्चको करिब २० प्रतिशत विकास बजेट खर्च भएको थियो', उनले भने।
सांसद सापकोटाले औसत ६० प्रतिशत विकास खर्च आर्थिक वर्षको अन्तिम महिनाहरु जेठ र असारमा हुने गरेको बताए। 'विकासमा छुट्याइएको रकमहरु समयमै खर्च हुन नसकेर सरकारी ढुकुटीमा रहनु चलायमान अर्थतन्त्रको लागि राम्रो मानिँदैन। यसबाट लक्षित र गुणस्तरीय काम समयमा नै सम्पन्न हुन सक्छ भन्नेमा शंका गर्न सकिन्छ', उनले भने।
उनले आर्थिक वर्षका सुरुमा महिनामा नै तोकिएको खर्च गर्ने वातावरण र अन्तिम चौमासिकमा ठूलो मात्रामा हुने खर्चलाई निरुत्साहित गर्नुपर्ने देखिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।