काठमाडौं– प्रतिनिधि सभा सदस्य हरि ढकालले देशमा संस्थागत भ्रष्टाचार जरैसम्म पुगेको बताएका छन्।
बिहीबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै प्रतिनिधि सभा सदस्य ढकालले देशमा भ्रष्टाचार संस्थागत भएको बताएका हुन्।
उनले विमानस्थलमा विदेशबाट शव ल्याइएका बाकसमा समेत केही गरगहना छ कि भनेर लुट्नका लागि फुटाइने गरेको भन्दै भ्रष्टाचार जरैसम्म पुगेको बताए।
गरिब चेपाङ बच्चालाई दिइने दिवा खाजामा समेत भ्रष्टाचार हुने गरेको भन्दै उनले यो सबैको कारण बेथिति भएको टिप्पणी गरे।
‘विदेशबाट शव ल्याउँदाखेरी शवको बाक्सा फोरिएको छ एयपोर्टमा। केही सामान छ कि भनेर लुट्नलाई। ब्यागहरू फुटेको त जानकारी थियो। समाज कहाँ जादैछ? समाज के बन्दैछ? कारण के हो?’, सांसद ढकालले भने, ‘भ्रष्टाचार यसरी संस्थागत भएछकि जरोसम्म पुगिसकेछ। कि शव बोकेको बाक्सा पनि एयरपोर्टमा फुट्छ। अचम्मको छ एयरपोर्ट यताबाट लागू औषध स्क्रिनमा देख्दैन। लागुऔषध कतारमा पुग्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।