काठमाडौं– अलपत्र परेको गौतमबुद्ध रंगशालाको स्वामित्व सरकारले लिएर निर्माण सम्पन्न गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो। धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा निर्माण गर्ने भनेको उक्त रंगशाला रकम अभावका कारण केही वर्षदेखि अलपत्र परेको छ।
कलाकारद्वय सीताराम कट्टेल र कुन्जना घिमिरेले रंगशाला निर्माणको क्रममा लागेको १८ करोड ऋण तिर्न नसकेको भन्दै भरतपुर महानगरपालिकालाई जिम्मा लगाउँदै निर्माण रोकेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।