काठमाडौं– जनमत पार्टीका अध्यक्ष सिके राउतले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सप्तरीभन्दा बढी मतान्तरले हराउने दाबी गरेका छन्।
सोमबार पार्टीको तर्फबाट उपनिर्वाचनमा बारा–२ मा शिवचन्द्र कुशवाहको उम्मेदवारी दर्ता गराइसकेपछि राउतले यस्तो बताएका हुन्।
उनले आफ्ना पार्टीका उम्मेदवारले यादवलाई सप्तरीभन्दा पनि बढी मतान्तरले बारा–२ बाट पराजित गर्ने दाबी गरे। बैशाख १० गते हुने उप निर्वाचनका लागि उपेन्द्र यादवले सोमबार बारा–२ मा उम्मेदवारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।