काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकभित्र देखिएको खिचातानीप्रति जनतामा वितृष्णा बढेर गएको धारणा व्यक्त गरेका छन्।
सोमबार सुनसरीको इनरुवामा आयोजित नागरिक अभिनन्दन ग्रहणपश्चात सम्बोधन गर्दै शाहले जनताको चासोप्रति आफू जानकार रहेको बताएका हुन्।
सम्बोधनका क्रममा शाहले जनताबाट प्राप्त चिन्ता र चासोप्रति आफू गम्भीर बनेको बताए। उनले देशमा स्थिरता र स्थायित्व सही राज्य पद्धती शान्ति र अनुशासनबिना हुन नसक्ने दाबी गरे। उनले कसैलाई धन, कसैलाई मन, कसैलाई पद र कसैलाई कद दिएर लालचमा पारी सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको बताए।
राष्ट्रियताको रक्षा र राष्ट्रिय एकतामा जोड दिनुपर्ने उनको भनाइ थियो। परिवर्तन देखाउन अहिलेको कोरा र सतही फेरबदल, आलटाल र टालटुलको प्रणालीले कुनै खदिलो परिणाम दिन नसक्ने उनको दाबी थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।