काठमाडौं– मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सोमबार दिउँसो ४ बजेदेखि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक जारी छ।
बैठकमा मिटरब्याजी पीडितको माग सम्बोधन गर्न आयोग गठनबारे निर्णय हुने बताइएको छ।
पछिल्लो पटक नयाँ गठबन्धन आएपछि यो पहिलो मन्त्रिपरिषद् बैठक हो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका थिए।
कांग्रेसबाट ४, एकीकृत समाजवादीबाट २, माओवादी, लोसपा, जसपा, नागरिक उन्मुक्ति र नेसपाबाट १– १ जना मन्त्रीले शपथ लिएका थिए। अझै ६ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डले सम्हाल्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।