काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीले आगामी बैशाख १० गते हुने प्रतिनिधि सभाको उप–निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई मतदान गर्न पार्टीका नेता/कार्यकर्तालाई निर्देशन दिएको छ।
पार्टी सचिवालय बैठकले गठबन्धनका साझा उम्मेदवारलाई उप–निर्वाचनमा समर्थन जनाउँदै मतदान गर्न निर्देशन दिएको हो। तनहुँ–१, बारा–२ र चितवन–२ मा उपनिर्वाचन हुँदैछ।
यसका लागि लागि दलहरुले आज उम्मेदवारी दर्ता गराइसकेका छन्। उक्त निर्वाचनमा एकीकृत समाजवादीले उम्मेदवारी दिएको छैन।
सोमबार एक विज्ञप्ति जारी गर्दै पार्टीले गठबन्धनका उम्मेदवारलाई समर्थन गर्दै मतदानमा सघाउन पार्टी पंक्तिलाई निर्देशन दिने निर्णय गरेको हो।
1680522253.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।