• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

तनहुँ- १ : परिचित अनुहारको त्रिपक्षीय प्रतिस्पर्धा

64x64
नेपाल लाइभ सोमबार, चैत २०, २०७९  २०:३१
1140x725

काठमाडौं- कांग्रेस नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुन लागेको हो। मंसिर  ४ को निर्वाचनमा प्रतिस्पर्धाका हिसाबले उति चर्चामा रहेनछ यो क्षेत्र। सत्ता-गठबन्धनबाट नेपाली कांग्रेसको भागमा परेको उक्त क्षेत्रमा पौडेलले पाँच हजारभन्दा बढी मतान्तरले एमाले उम्मेदवारमाथि जित हासिल गरे। जुन नतिजा अपेक्षित थियो।

उपनिर्वाचनमा भने तनहुँ- १ को नतिजा अनपेक्षित आउने देखिन्छ। प्रतिस्पर्धाका हिसाबले त्रिपक्षीय बनेको छ। नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उक्त निर्वाचन क्षेत्रलाई आफ्नो पक्षमा पार्न बलिया उम्मेदवारहरु उठाएका छन्। 

माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थनमा नेपाली कांग्रेसबाट गोविन्द भट्टराई मैदानमा छन्। कांग्रेसनिकट नेविसंघका पूर्व केन्द्रीय सभापति भट्टराई पहिलो पटक संसदमा उक्लिने प्रयासमा हुनेछन्। यसअघि २०७४ तनहुँ-१ (क) बाट प्रदेश सभामा उम्मेदवार थिए तर वाम गठबन्धनले उनलाई जित्न दिएन। कांग्रेसका प्रभावशाली नेताको गृहक्षेत्र परेका कारण संघीय संसदमा आउनका लागि बाटो नै बनेन।  

सत्ता साझेदार अन्य दलको समेत सहयोगका साथै कांग्रेसको आफ्नै पनि प्रभावशाली क्षेत्र रहेकाले भट्टराईले जितको अपेक्षा गर्नु स्वभाविक हो। तर उनलाई जिताउनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापा नै फिल्डमा पुगेका छन्। मनोनयन दर्ता गराउने क्रममा थापाले नेविसंघको नेतृत्व गरेर जनआन्दोलनका समयमा संयुक्त विद्यार्थी आन्दोलन जग हालेको बताए। उनले भने,  'गोविन्द भट्टराई हराउने, बिलाउने र डराउने सांसद बन्दैन। देखिने, सुनिने र भेटिने सांसद बन्छ।'

तर, भट्टराईलाई संसद्मा प्रवेश सहज भने देखिँदैन। आम निर्वाचनबाट एकाएक उदाएको रवि लामिछाने नेतृत्वको रास्वपाका डा स्वर्णीम वाग्ले र एमालेका सर्वेन्द्र खनाल चुनौती बन्न सक्छन्। कांग्रेस सभापति शेरबहादुर देउवा र देउवापत्नी आरजु राणाका कारण पार्टी नै छाड्नुपरेको बताउँदै डा वाग्ले रास्वपाबाट उम्मेदवार बनेका छन्। रास्वपाप्रतिको भरोसा मात्रै होइन, कांग्रेसभित्रकै असन्तुष्टिलाई समेत पुँजीकृत गर्नेगरी उनी सक्रिय हुनेछन्। 

उनले उम्मेदवारीका क्रममा चितवन- २ मा जस्तै तनहुँ- १ ले पनि सन्देश दिनुपर्ने बताएका छन्। उनले भने, 'अब सामान्य मतले जितेर पुग्दैन। सानदार रुपमा जित्नुपर्छ। चितवन-२ मा जस्तै तनहुँ- १ ले सन्देश देओस्। किनकि, बिरामी परेको राज्यव्यवस्था र अर्थ व्यवस्थाका लागि सर्जरी नै चाहिन्छ, सामान्य झारफुकले पुग्दैन।'

डा वाग्लेका लागि भोट माग्न पार्टी सभापति लामिछाने पनि चितवन-२ मा मनोनयन दर्ता गरेर तनहुँ- १ पुगेका थिए। जहाँ उनले डा वाग्लले अर्थतन्त्र राम्रोसँग छामेको बताउँदै देशले खोजेको उम्मेदवार आफूहरुले दिएको बताए। उनले भने, 'उहाँ स्वतन्त्र उठेको भए पनि पार्टीबाट उहाँलाई नै मत दिने निर्णय गर्थें। जिताउन पहल गर्थें। मेरो उम्मेदवारलाई फेरि पनि संसद् छिर्नुहोला। आज आवश्यकता परेको डा वाग्लेको हो भन्थें।'

गएको निर्वाचनमा राष्ट्रपति पौडेललाई नजिकबाट चुनौती दिएको एमालेले नेपाली प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनाललाई उम्मेदवार बनाएको छ। त्रिपक्षीय प्रतिस्पर्धाको आकलन गरिएको उक्त क्षेत्रमा एमालेले आफ्नै मत कायम राख्दा पनि जित्न सक्ने गणित एमालेको हो। त्यसैमाथि उम्मेदवार खनालले आफूले ३० वर्ष देशका लागि गरेको सेवाको कदर हुने बताएका छन्। उनले भने, 'मैले ३० वर्ष राष्ट्रसेवक भएर काम गरेको छु। विवेकी मतदाताबाट जिम्मेवारी प्रदान हुनेछ भन्ने आशा छ।'

Ncell 2
Ncell 2
nimb
nimb

विगतको अंकगणित र सम्भावना
रामचन्द्र पौडेल उक्त क्षेत्रबाट विजयी भएका हुन्। माओवादी लगायतका दलको समर्थन प्राप्त हुँदा उनले २५ हजार ३६१ मत पाए। उनलाई नेकपा एमालेका एकबहादुर राना मगरले १९ हजार ९८१ मतसहित प्रतिस्पर्धा गरे। तेस्रो नम्बरमा कांग्रेसकै पूर्वनेता गोविन्दराज जोशी थिए। उनले स्वतन्त्र उम्मेदवारका रुपमा ६ हजार ८८६ मत ल्याए। राष्ट्रिय स्वतन्त्र पार्टीले विकास सिग्देललाई टिकट दिएको थियो। सार्वजनिक पहिचान बनिनसकेका सिग्देलले ६ हजार ४४ मत प्राप्त गरे। 

यसरी हेर्दा फेरि पनि माओवादीको समर्थन भएकाले कांग्रेस उम्मेदवारलाई अप्ठ्यारो छैन। तर गत निर्वाचनमा पौडेलले कांग्रेसको मात्रै नभई व्यक्तित्वको मतसमेत प्राप्त गरेको देखिन्छ। जुन समानुपातिक मतसँग तुलना गर्दा थाहा लाग्छ। कांग्रेसले तनहुँ- १ मा समानुपातिक मत जम्मा २० हजार १ सय ५८ ल्याएको छ। यसैगरी एमालेले १६ हजार ६ सय ८३ मत पाएको छ। 

यी दुई ठूला दलका उम्मेदवारले हच्किनुपर्ने आँकडा समानुपातिकमा देखिन्छ। जहाँ रास्वपा माओवादी केन्द्रलाई पाँच हजारभन्दा बढी मतले उछिनेर १२ हजार ७ सय ७३ मत ल्याउँदै तेस्रो ठूलो दल बनेको छ। 

आगामी निर्वाचनलाई लक्षित गर्दै कांग्रेसले गोविन्दराज जोशीको कारबाही फिर्ता गर्ने निर्णय लिएको छ। तर जोशीले त्यसलाई चुनावी चाल भन्दै सहयोग नगर्ने संकेत देखाएका छन्। उनले कांग्रेस त्यागेर मैदानमा उत्रिएका डा वाग्लेलाई सघाउँदा रास्वपा अझ मजबुत बन्छ। 

Xtrem

Xtrem

रास्वपाले कांग्रेसका भोट तान्ने अवस्थामा उक्त पार्टीले पनि विजयी हासिल गर्न सक्छ। एमालेले आफ्नो मत मात्रै जोगाउँदा पनि त्रिपक्षीय प्रतिस्पर्धामा बाजी मार्न सक्छ भने कांग्रेसले आफ्नो मतलाई तलमाथि हुन नदिँदा नतिजा पक्षमा पार्ने सम्भावना छँदैछ। 

तनहुँ- १ मा उम्मेदवारी दिएका मुख्य दलका तीनै नेता परिचित अनुहार हुन्। उनीहरुले अबको २० दिन नतिजा आफ्नो पक्षमा पार्न गर्ने परिश्रम पनि त्यही तहको हुनेछ। जसले गर्दा तनहुँ- १ को चुनाव रोचक बन्दैछ भने नतिजा आकलनबाहिर पुगेको छ।

प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  २०:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जी-७ मन्त्रीस्तरीय बैठकमा परराष्ट्रमन्त्री खनालले उठाए जलवायू न्यायकाे माग, नेपाललाई पाँच अर्ब डलर लाग्ने तथ्यांक पेश
संघीय संसदकाे दुवै सदनकाे बैठक बस्दै, पाँच संसदीय समितिकाे पनि बस्ने
लुम्बिनी, काेसी र गण्डकी भारी वर्षा अन्य प्रदेशमा के छ ?
सम्बन्धित सामग्री
संघीय संसदकाे दुवै सदनकाे बैठक बस्दै, पाँच संसदीय समितिकाे पनि बस्ने बिहीबार, असोज ८, २०८३
मंसीर पहिलाे साता प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमण जाने तयारी बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्कमा अवतरण, राष्ट्रसंघका स्थायी नियोग राजदूत थापाले गरे स्वागत प्रधानमन्त्री शाहलाई जेएफके अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रसंघका लागि स्थायी नियोग प्रमुख राजदूत लोकबहादुर थापाले स्वागत गरे । बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
जी-७ मन्त्रीस्तरीय बैठकमा परराष्ट्रमन्त्री खनालले उठाए जलवायू न्यायकाे माग, नेपाललाई पाँच अर्ब डलर लाग्ने तथ्यांक पेश बिहीबार, असोज ८, २०८३
संघीय संसदकाे दुवै सदनकाे बैठक बस्दै, पाँच संसदीय समितिकाे पनि बस्ने बिहीबार, असोज ८, २०८३
लुम्बिनी, काेसी र गण्डकी भारी वर्षा अन्य प्रदेशमा के छ ? बिहीबार, असोज ८, २०८३
मंसीर पहिलाे साता प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमण जाने तयारी बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्कमा अवतरण, राष्ट्रसंघका स्थायी नियोग राजदूत थापाले गरे स्वागत बुधबार, असोज ७, २०८३
नेपाली कांग्रेस मङ्गलसैन नगर सभापतिमा हेमराज भण्डारी सर्वसम्मत निर्वाचित बुधबार, असोज ७, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्