काठमाडौं– ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि हृयाप्पी आवर्स योजना सार्वजनिक गरेको छ। यो योजनाअन्तर्गत बैंकका ग्राहकहरुले ग्लोबल स्मार्ट प्लसबाट अनलाइन भुक्तानी गर्दा खरिदको २० प्रतिशतसम्म क्यासब्याक पाउनेछन्।
बैंकले मोबाइल बैंकिङ एप्लिकेसन–ग्लोबल स्मार्ट प्लसबाट गरिने भुक्तानी प्रक्रियालाई प्रवर्द्धन गर्नका लागि यो क्यासब्याक योजना सार्वजनिक गरेको हो।
यस हृयाप्पी आवर्स योजनाअन्तर्गत ग्लोबल स्मार्ट प्लसबाट अनलाइन भुक्तानी गर्दा ग्राहकहरुले क्यासब्याक पाउनेछन् । १९ चैत २०७९ देखि १६ वैशाख २०८० सम्म सञ्चालन हुने यस योजनामा प्रति ग्राहक प्रति दिन एक कारेबारको क्यासब्याकका लागि योग्य हुनेछ ।
यस योजनाअन्तर्गत निम्नानुसार क्यासब्याक उपलब्ध हुनेछन्
क्र.सं. | दिन | समय | प्रयोजन | क्यासब्याक |
१ | आइतबार | बेलुका ७-१० बजेसम्म | मोबाइल डाटा प्याक खरिद | २० प्रतिशतसम्म (अधिकतम रु. १००) |
२ | सोमबार | बेलुका ७-१० बजेसम्म | टिभीको बिल भुक्तानी | २० प्रतिशतसम्म (अधिकतम रु. १००) |
३ | मंगलबार | बेलुका ७-१० बजेसम्म | इन्टरनेटको बिल भुक्तानी | २० प्रतिशतसम्म(अधिकतम रु. १००) |
४ | बुधबार | बेलुका ७-१० बजेसम्म | हवाईजहाजको टिकट खरिद | २० प्रतिशतसम्म(अधिकतम रु. २००) |
५ | शनिबार | बिहान ७-७ बजेसम्म | केबलकारको टिकट खरिद | २० प्रतिशतसम्म (अधिकतम रु. २००) |
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।