फाइल तस्बिर।
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अर्थशास्त्री डा स्वर्णिम वाग्लेको प्रशंसा गर्नेहरूले नै अहिले विरोध गरिरहेको बताउँदै पार्टी फेर्दैमा क्षमतामा क्षयीकरण नहुने बताएका छन्।
उनले प्रश्न गरे, ‘हिजो उहाँ जुन पार्टीमा हुनुहुन्थ्यो। त्यहाँ उहाँको क्षमताको सबैले गुणगान गाएकै हो। आज हाम्रो पार्टीमा हुनुहुन्छ। के व्यक्ति अर्को पार्टीमा पुग्नेबित्तिकै उसको क्षमतामा क्षयीकरण हुन्छ?’
डा वाग्लले अर्थतन्त्र राम्रोसँग छामेको बताउँदै देशले खोजेको उम्मेदवार आफूहरूले दिएको बताए। उनले भने, ‘उहाँ स्वतन्त्र उठेको भएपनि पार्टीबाट उहाँलाई नै मत दिने निर्णय गर्थें। जिताउन पहल गर्थें। मेरो उम्मेदवारलाई फेरि पनि संसद् छिर्नुहोला। आज आवश्यकता परेको डा वाग्लेको हो भन्थें।’
उनले स्वर्णिम दिनको संकेत आइसकेको बताउँदै आफूले वैशाख १० को व्यग्र प्रतीक्षा गरिरहेको बताएका छन्। लामिछानेले भने, ‘हाम्रो कानमा आवाज गुन्जिनेछ। डा वाग्ले अत्याधिक मतले विजयी भएका छन्।’
उनले राजनीति नबदली कुनै नीति नबदलिने बताउँदै स्वर्णिम वाग्लेको उम्मेदवारीलाई राष्ट्रिय अवसरका रुपमा लिनुपर्ने लामिछानेको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।