काठमाडौं– डाबर नेपालले नेसनल एचआर एक्सिलेन्स अवार्ड २०२३ को प्रतिष्ठित पुरस्कार जितेको छ। नेसनल एचआर एक्सिलेन्स अवार्ड २०२३ विजेताहरूको घोषणा ३१ मार्चमा गरिएको थियो।
यो पुरस्कार डाबर नेपालले नेपालमा एचआर नीति, अभ्यास र कार्य सम्पादनमा कम्पनीको समग्र उत्कृष्टतालाई मान्यता दिँदै प्रदान गरेको हो।
ग्रोथ सेलर्स, एक स्वतन्त्र एचआर कन्सल्टिङ फर्मद्वारा आयोजित एचआर मीट २०२३ को विशेष समारोहमा डाबर नेपाललाई अवार्ड हस्तान्तरण गरिएको थियो।
अवार्ड डाबर नेपालका एचएस बेदी (व्यवसाय प्रमुख), अनिल पुरी (हेड एचआर) र एचआर विभागका अन्य कर्मचारीहरूद्वारा प्राप्त गरिएको थियो।
नेसनल एचआर एक्सिलेन्स अवार्ड जित्नु भनेको डाबर नेपालले सबैभन्दा बहुमूल्य सम्पत्तिः आफ्ना कर्मचारीहरूलाई महत्त्व दिई उनीहरूको कुरा सुन्न, संलग्न गराउन र समर्थन गर्न नेतृत्व लिइरहेको उद्योगबाट प्रमाण रहेको कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।