काठमाडौं– आगामी बैशाख १० गते हुने उप–निर्वाचनका लागि चितवन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्।
उक्त क्षेत्रमा यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले उम्मेदवारी दर्ता गराइसकेका छन्।
लामिछानको नागरिकता विवादमा कारण उक्त क्षेत्रमा उप निर्वाचन भएको हो। लामिछानेलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले नेपाली नागरिक नभएको घोषणा गरेपछि सांसद पद खारेज भएको थियो।
योसँगै निर्वाचन आयोगले उप–निर्वाचन घोषणा गरेको थियो। उक्त क्षेत्रमा मंसिर ४ मा भएको निर्वाचनमा लामिछाने विजयी भएका थिए।
दोस्रो पटक विजयी हुने भन्दै लामिछानेले उम्मेदवारी दिएका छन् भने सत्ता गठबन्धनले साझा उम्मेदवारको रुपमा श्रेष्ठलाई अघि सारेको छ। उक्त निर्वाचन क्षेत्रमा गत निर्वाचनमा माओवादी केन्द्रले पाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।