काठमाडौं– तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका तर्फबाट गोविन्द भट्टराईले उम्मेदवारी दर्ता गराएका छन्।
आगामी बैशाख १० गते हुने उप–निर्वाचनका लागि उनले मनोनयन दर्ता गराएका हुन्। राष्ट्रपति रामचन्द्र पौडेलको निर्वाचन क्षेत्रमा उनी सत्ता गठबन्धनका साझा उम्मेवार हुन्।
उनलाई माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको सर्मथन रहेको छ। उनको प्रस्तावकमा श्यामकुमार मौराती र समर्थकमा सरिता गुरुङ छन्।
उम्मेदवारी दर्ता गराउँदा सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका नेता हरिबहादुर चुमान उपस्थित थिए। उक्त निर्वाचन क्षेत्रमा एमालेका तर्फबाट सर्वेन्द्र खनालले पनि उम्मेदवारी दर्ता गराएका छन्।
उक्त क्षेत्रमा उम्मेदवारी दर्ताका लागि स्वर्णीम वाग्ले पनि पुगेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उनी उम्मेदवार हुँदैछन्। पार्टी सभापति रवि लामिछानेलाई लिएर उनी तनहुँ पुगेका हुन्। त्यस्तै कांग्रेस उम्मेदवारलाई सहयोग गर्न नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा पनि तनहुँ पुगेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।