काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले तनहुँ क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका गोविन्द भट्टराई माटोले चिनेको उम्मेदवार रहेको बताएका छन्।
उपनिर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर १ मा उम्मेदवारी मनोनयन दर्तापछिको सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले उक्त कुरा बताएका हुन्। वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारका रुपमा नेपाली कांग्रेसका गोविन्द भट्टराईले उक्त क्षेत्रमा उम्मेदवारी दर्ता गराएका छन्।
‘गोविन्द भट्टराई तपाईंको यो माटोले चिनेको उम्मेदवार हो। गोविन्द भट्टराई माटोलाई चिनेको उम्मेदवार पनि हो,’ थापाले भने।
यस्तै, मंसिर ४ को निर्वाचनमा यो क्षेत्रबाट जिताएको सांसद राष्ट्रपति भएकोले विकास निर्माण जस्ता महत्वपूर्ण आकांक्षाहरू पूरा गर्न पनि भट्टराईलाई मत दिन थापाले आग्रह गरेका छन्।
थापाले भट्टराई सालिन नेता भएकोले तनहुँ १ का जनताले संसद्मा पठाउनेमा आफू विश्वस्त रहेको बताएका छन्।
यो क्षेत्रमा आशन्न बैशाख १० गते उपनिर्वाचन हुँदै छ। जसका लागि कांग्रेसबाट भट्टराईसहित एमालेबाट सर्वेन्द्र खनाल र रास्वपाबाट डा स्वर्णिम वाग्ले प्रतिस्पर्धामा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।