काठमाडौं– नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले तनहुँ १ मा हुने उपनिर्वाचनका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।
उनको प्रस्तावकमा एमालेकी भगवती न्यौपाने र समर्थकमा एकबहादुर राना छन्। राना मंसिर ४ मा भएको निर्वाचनमा राष्ट्रपति रामचन्द्र पौडेलका प्रतिस्पर्धी थिए। उनी पराजित भएका थिए।
१० शैशाखमा हुने मतदानका लागि निर्वाचन आयोगले आज ५ बजेसम्म मनोनयनको समय तोकेको छ। तनहुँमा नेपाली कांग्रेसबाट गोविन्द भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णीम वाग्लेले पनि मनोनयन दर्ता गराउँदै छन्।
कांग्रेसका भट्टराईको मनोनयन दर्ता गराउन महामन्त्री गगनकुमार थापा पुगेका छन्। रास्वपाका सभापति रबि लामिछाने वाग्लेको मनोनयन दर्ता गराउन चितवनमा आफ्नो दर्ता गराएर जाने कार्यक्रम रहेको छ। नेपाली कांग्रेसबाट निर्वाचित भएका पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उक्त क्षेत्र रिक्त भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।