• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

मिटरब्याजी राजेन्द्रप्रसाद तेलीको कपाली तमसुकले उजाडिएको राजीवको घरबास

64x64
कल्पना घिमिरे मंगलबार, चैत २१, २०७९  ०७:५५
1140x725

काठमाडौं– राजीवकुमार यादव बुबासँगै खेतीपाती गर्थे। सप्तरीको बोदेबर्साइन नगरपालिका–१०, खडकपुरमा बुबा रामकुमार यादवले जोडेको ३५ कठ्ठा जमिन थियो। उक्त जमिनमा धान प्रशस्त फल्थ्यो। खान-लाउन पुगेकै थियो। एसएलसीसम्मको शिक्षा लिएका राजीवको खेतीपातीभन्दा आम्दानीको अरु बाटो भने थिएन। 

‘धेरै पढ्न सकिएन। नपढेपछि राम्रो काम पाउने अवस्था थिएन। अर्काको ज्यालामजदुरी गरेर कति कमाउन सकिन्छ र? बरु खेतीपातीसँगै केही व्यवसाय गर्ने सोचेँ,’ उनी सुनाउँछन्।

व्यवसाय गरेर आम्दानी गर्ने सपना देख्न थाले राजीव। तर के व्यवसाय गर्ने भनेर सोच्दासोच्दै साथीहरूले गाईपालन गरेर मनग्य आम्दानी गर्न सकिने सुनाए। 

घरमा एउटा गाई त पालेकै थियो। तर व्यवसाय गरेर आर्थिक उपार्जन गर्ने मनसायले गाई फार्म खोलेर धेरै वटा गाई पाल्ने सोच बनाएका थिए। उनले अरूले गाईपालन व्यवसायबाट मनग्य आम्दानी गरेको देखेका पनि थिए। त्यसपछि गाईपालन गरेर राम्रो आम्दानी हुने कुरा आफ्ना आमा-बुबालाई सुनाए।

338181833_764704634984681_8576794152025334065_n1680516066.jpg

‘व्यावसायिक रूपमा गाईपालन गर्न निकै लगानी चाहिन्थ्यो। फर्म दर्ता गराउन खर्च लाग्ने, उता गाई नै किन्नु पर्‍यो। बुबाले हुन्छ त भन्नुभएको थियो। तर पैसा कहाँबाट जुटाउने भन्ने समस्या थियो,’ उनले भने।

साथीहरूबाट गाउँका महाजन राजेन्द्रप्रसाद तेलीले जग्गा धितो राखेपछि जति पनि ऋण दिन्छन् भन्ने उनले सुनेका थिए।

‘त्यसपछि मैले बुबासँग महाजन तेलीले जग्गा धितो राखेपछि ऋण दिन्छन् रे, उनीसँग ऋण मागिदिनुस् भनें। मैले व्यवसाय गर्ने भनेपछि बुबाले नाईं भन्नु भएन। ती महाजनसँग ऋण माग्न जान तयार हुनुभयो,’ राजीवले सुनाए।

Ncell 2
Ncell 2
nimb
nimb

२०७३ माघ १८ गते तेलीको घरमा राजीव र उनका बुबा ऋण माग्न पुगे। बुबाले तेलीसँग नयाँ व्यवसायका लागि ऋण माग्न आएको कुरा सुनाए। कुरा सुनेपछि तेली २२ कठ्ठा जमिन आफ्नो नाममा पास गराएर (धितो राखेर) ११ लाख रूपैयाँ सयकडा १० प्रतिशत ब्याजदरले दिन राजी भए।

बुबाको सहमतिमा राजीवले २२ कठ्ठा जमिन धितो राखी ११ लाख रूपैयाँ निकाल्ने र महाजनले भनेकै ब्याजदरमा सावाँ-ब्याज २०७४ साउन मसान्तसम्म बुझाएपछि महाजन तेलीले जग्गा फिर्ता गर्ने सर्त राखी रीतपूर्वक कपाली तमसुक बनाएर सहीछाप गरे। 

338071454_571887491388203_923057040507564922_n1680516067.jpg

तेलीले ऋण दिएर उनीहरूको २२ कठ्ठा जग्गा आफ्नो नाममा पारे। ऋण पाएपछि उनको नयाँ व्यवसाय गर्ने बाटो खुल्यो। बाबुछोरा खुसी हुँदै फर्किए।

Xtrem

Xtrem

‘व्यवसाय गरेर कमाएपछि तिर्छु भन्ने उद्देश्यले जग्गा धितो राखेर ऋण लिएको हो। तर पनि मेरो खुसीको सीमा नै थिएन। ऋण नै भए पनि व्यवसाय सुरु गर्न पाउँदा निकै खुसी थिएँ,’ उनी सुनाउँछन्।

त्यसपछि राजीव भोलिपल्ट गाई फार्म दर्ता गर्न जिल्ला पशु फार्म सप्तरी पुगे। बुबा रामकुमार यादवको नाममा फार्म दर्ता गराए। नाम राखे महादेव गाई पालन फर्म।

केही दिनपछि राजीवले गाउँकै फर्मबाट प्रतिगोटा १ लाख रुपैयाँका दरले पाँच वटा कोरली गाई किनेर ल्याए। 

‘गाई ल्याएर पाल्न थालेपछि दिनचर्या त्यसैमा बित्दै थियो। गाईको दूध बेचेर पैसा कमाउँला भन्ने ठूलो आसा थियो। काम पनि जाँगर चलाएर गर्थेँ,’ उनी सुनाउँछन्।

केही समयपछि तेलीले तीन जनाको नाममा २६ लाखको कपाली तमसुक गराए। आफ्नो नाममा ८ लाख, सानिमाको छोरा शिवनारायण साहको नाममा ७ लाख अनि बैजुकुमार साह (सालो) को नाममा ११ लाख रूपैयाँको कपाली तमसुक बनाए। राजीवका बाबु छोरालाई सहीछाप गराए। 

‘त्यसको एक वर्षपछि महाजन तेलीले सारा कागज अदालतमा पेस गरेर मुद्दा हाले। बाँकी भएको १३ कठ्ठा जग्गा रोक्का गरिदिए। त्यसपछि महाजनले १७ लाख रूपैयाँ माग गरे। उक्त रकम मैले दिएपछि १३ कठ्ठा जग्गा फुकुवा गरिदिए,’ उनी सुनाउँछन्।

337769745_960630021790247_5070854011291875768_n1680516066.jpg

त्यतिबेला उनले पालेका गाई ब्याएर दूध दिन थालेका थिए। दिनमा ३० देखि ४० लिटर दूध बिक्री गर्थे। तर दूध बिक्री गरेर कमाएको पैसा महाजनलाई तिर्नै पुगेको थिएन।   

फेरि दुई वर्षपछि जग्गा फिर्ता गर्ने सर्तमा महाजनले ७ लाख रूपैयाँ माग गरे। जग्गा फिर्ता गरिदेलान् भनेर उनले तिरे। त्यो रकम तिर्दा शिवनारायण साहुको रुपमा भर्पाइ गरेर लगे। दुई वर्षपछि फेरि शिवनारायण र राजेन्द्रप्रसाद तेलीको ७ लाख र ८ लाख भर्पाइ स्वरुप लिइएको कागज गरियो। 

त्यसपछि तेलीले २५ लाख रुपैयाँ माग गरे। राजीवले गाई नै बिक्री गरेर तेलीलाई पैसा बुझाए। त्यतिबेला २४ लाख रूपैयाँ बुझाइसकेका थिए, तर तेलीले अझै १ लाख माग गरे। उनले १ लाख तिरेनन् तेलीले पनि जमिन फिर्ता गरेनन्। 

‘एक लाख रुपैयाँ प्रतिगोटा किनेका गाई ५० हजार रूपैयाँमा बिक्री गरेँ। बाच्छासमेत बेचेर महाजनको रकम तिरेँ। ११ लाख रूपैयाँ लिएकोमा २४ लाख बुझाएँ। त्यसमाथि अदालतको फी पनि २२ हजार ३० रूपैयाँ मैले तिरें। त्यत्रो रकम तिरियो। मेरो अझै २२ कठ्ठा जग्गा वापस गरेको छैन,’ उनले भने।

अहिले उनी राजेन्द्रप्रसाद तेलीको नाममा रहेको खेतमा खेती गरिरहेका छन्। गत भदौ ३० गते तेलीले बाँकी भएको १ लाखको २ लाख ३८ हजार १७७ हजार रूपैयाँ हिसाब लेखेर राखे। उक्त रकम बुझाए जमिन फिर्ता गर्ने सर्त राखे।

‘त्यो पनि म तिर्न तयार छु। तर महाजनले त्यो जग्गा वापस गर्ने वाला छैन,’ उनी भन्छन्।

प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९  ०७:५५
  • #मिटरब्याज पीडित

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । बुधबार, असोज २१, २०८३
ठूलाे संख्यामा उपसचिवकाे सरूवा, काे कहाँ (नामावलीसहित) सरकारले राजपत्रांकित द्वितीय श्रेणी (उपसचिव वा सोसरह) का कर्मचारीहरूको ठूलो संख्यामा सरुवा गरेको छ। भूमि व्यवस्था, सहकारी, संघीय माम... बुधबार, असोज २१, २०८३
लमजुङमा एक घण्टामा २८.६ मिलिमिटर वर्षा पछिल्लो एक घण्टामा लमजुङको रैनामैना वर्षा मापन केन्द्रमा सबैभन्दा धेरै २८.६ मिलिमिटर वर्षा मापन भएको छ । बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव बुधबार, असोज २१, २०८३
राष्ट्रिय टोलीबाट सन्न्यास लिने पक्षमा छैनन् रोनाल्डो बुधबार, असोज २१, २०८३
राष्ट्रिय टोलीबाट महान् खेलाडी मेसीको भावुक विदाइ बुधबार, असोज २१, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य बुधबार, असोज २१, २०८३
मेसीलाई ब्युनस आयर्स विश्वविद्यालयको मानार्थ विद्यावारिधि बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्