काठमाडौं- नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले उपनिर्वाचन केही नेतालाई जसरी पनि सत्तामा पुर्याउने भर्याङ भएको बताएका छन्। सामाजिक सञ्जालमा ट्विट गर्दै भट्टराईले उपनिर्वाचन कसैलाई पनि सत्तामा पुर्याउने भर्याङ हुन नहुने उल्लेख गरेका छन्।
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवप्रति लक्षित गर्दै उनले लेखेका छन्, ‘चुनाव केही वर्ष/महिनामा अमुक पार्टी, नेतालाई सत्तामा पुर्याउने र राज्यदोहनको लाइसेन्स दिने कर्मकाण्ड हैन। यो जनताद्वारा जनताको निम्ति जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने पवित्र विधि/अवसर हो। हाम्रो लोकतन्त्रमा चुनाव/उपचुनाव केही नेतालाई जसरी पनि सत्तामा पुर्याउने भर्याङ बन्दैछ। रोकौं।
आगामी वैशाख १० गते चितवन २, तनहुँ- १ र बारा- २ मा उपनिर्वाचन हुँदैछ। उपनिर्वाचनका लागि आज मनोनयन दर्ता गर्ने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।