काठमाडौं– मन्त्रिपरिषद् विस्तार भएपछि पहिलोपटक सोमबार मन्त्रिपरिषद् बैठक बस्दैछ। सिंहदरबारमा दिउँसो ४ बजे बस्ने मन्त्रिपरिषद् बैठक नियमित भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
प्रधानमन्त्रीमा पुष्पकमल दहाल ‘प्रचण्ड’ नियुक्त भएको सोमबार एक सय दिन पूरा भएको छ। यद्यपि, मन्त्रिपरिषद्ले अझै पूर्णता पाएको छैन। प्रधानमन्त्री प्रचण्डले अझै पनि आफूसँग ६ वटा मन्त्रालय राखेका छन्।
राष्ट्रपति निर्वाचनसँगै फेरिएको सत्ता समीकरणपश्चात गत शुकबार प्रधानमन्त्रीले ११ जना नयाँ मन्त्री नियुक्त गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।