काठमाडौं- नागरिक उन्मुक्ति पार्टीले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा तीन वटै क्षेत्रमा उम्मेदवार उठाउने भएको छ। सत्तारुढ १० दलीय गठबन्धनमा रहेको उन्मुक्ति पार्टीले अन्य कुनै दललाई पनि समर्थन नदिने जनाउँदै तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराउन लागेको हो।
नागरिक उन्मुक्ति पार्टीका नेता लक्ष्मण थारुका अनुसार बारा- २ मा रामचन्द्र चौधरी, चितवन- २ मा राजेश अधिकारी र तनहुँ- १ मा भीम सुनारलाई पार्टीले उम्मेदवार बनाएको र आज सोमबार सबन्धित निर्वाचन कार्यालयमा उम्मेदवारी मनोनयन गरिनेछ।
आगामी वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।