काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन- २ बाट उम्मेदवारी दर्ता गरेका छन्। लामिछानेले वैशाख १० गते हुने उपनिर्वाचनका लागि मंगलबार निर्वाचन अधिकृतको कार्यालय चितवन पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।
उनले दिउँसो १ बजे उम्मेदवारी दर्ताको समय लिएका थिए। तर तनहुँ जाने भएपछि उनले लिएको समयभन्दा अगावै उम्मेदवारी दर्ता गराएका हुन्।
लामिछाने नागरिकता प्रकरणमा दोषी ठहर भएपछि यसअघि उनले निर्वाचन जितेको चितवन- २ मा उपनिर्वाचन हुन लागेको हो। आगामी वैशाख १० गते चितवन- २, तनहुँ १ र बारा २ मा उपनिर्वाचन हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।