काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले अमेरिकी नागरिकता सन् २०१८ मै त्यागेको सर्वोच्च अदालतको फैसलामै उल्लेख भएकाले कानुनी उल्झन नरहेको बताएका छन्। चितवन- २ को का लागि मनोनयन दर्ता गर्न जाने क्रममा प्रतिक्रिया दिँदै यस्तो बताएका हुन्।
उनले भने, 'मैले अमेरिकी नागरिकता सन् २०१८ मै त्यागिसकिएको भनेर अदालतकै फैसलfमा लेखिएको छ। त्यसैले कानुनी उल्झन हुँदैन। तर कसैले कसैलाई चाह्यो भने यो देशमा मुद्दा भने चलाउन सक्छ।'
उनले प्रश्नकर्तातिर हेर्दै थपे, ‘तपाईंको बारेमा पाँच दिन स्टडी गरेर सयवटा मुद्दा चलाउन सकिन्छ। त्यसरी लागिपर्योल भने बेग्लै कुरा हो।’
उनले न्यायिक प्रक्रियाबाट सवै कुरा टुंगिसकेको उनले स्पष्टिकरण दिएका छन्। लामिछानेले उम्मेदवार बन्न नपाउने भन्दै सर्वोच्चमा रिट पुगेको छ।
आफूसँग कुनै शक्ति केन्द्र नरहेकाले मुद्दाहरुल चलिरहने उनको भनाइ छ। 'सवैभन्दा शक्तिशाली जनता हुन्। सार्वभौम जनताबाहेक मसँग कुनै शक्ति छैन,' उनले भने।
उनले कसैको समर्थन लिएर होइन, आफ्नो बलमा र मुद्दामा चुनाव लड्नुपर्छ भनेर गठबन्धन नगरेको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।