काठमाडौं– आगामी वैशाख १० मा हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका आज (सोमबार) उम्मेदवारको मनोनयन पत्र दर्ता हुँदैछ।
निर्वाचन आयोगले तय गरेको कार्यक्रमअनुसार निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नेछन्।
वैशाख १० गते चितवन क्षेत्र नम्बर २, तनहुँ क्षेत्र नम्बर १ र बारा क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुन लागेको हो।
गत मंसिर ४ गतेको निर्वाचनमा निर्वाचित रवि लामिछाने नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि चितवन- २ , राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि तनहुँ- १ र उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएपछि बारा- २ मा उपनिर्वाचन हुन लागेको हो।
उपनिर्वाचनका लागि शनिबार नै मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।