• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सत्ता पक्षको दाबी– सरकारको सय दिन उपलब्धिमुलक

64x64
नेपाल लाइभ आइतबार, चैत १९, २०७९  १९:३४
1140x725

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार निर्माणको सय दिनमा कानुन निर्माण र सेवा प्रवाहको क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताएकी छन्। 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार गठन भएको सोमबार सय दिन पुग्दैछ। प्रचण्ड पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए। पुस ११ गते पद तथा गोपनीयताको शपथ लिँदै पहिलो पटक मन्त्रिपरिषद् गठन गरेका थिए। 

सरकारको सय दिन पुगेको अवसरमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री शर्माले सरकारले सेवा प्रवाह र कानुन निर्माणको क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको बताएकी हुन्। उनले सरकारी कामकाजको सन्दर्भमा धेरै भीडभाड हुने ठाउँहरू व्यवस्थित हुँदै गरेको बताइन्। 

त्यस्तै, किसानको समस्या समाधान गर्न दूध र गहुँको समर्थन मूल्य तोकिएको भन्दै त्यो पनि सरकारको उपलब्धि भएको बताइन्। उनले सरकारले समयमै पाठ्यपुस्तक पुर्‍याउने तयारी गरिरहेको पनि उनले बताइन्। 

‘मुलतः कानुन निर्माणको क्षेत्रमा, सेवा प्रवाहको क्षेत्रमा सरकारले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ, सय दिनको अवधिमा। सेवा प्रवाहको क्षेत्रमा हेर्दाखेरी भीडभाड हुने ठाउँहरूमा सरकारले क्यू सिस्टम हटाउने भनेको थियो। क्यू सिस्टम धेरै व्यवस्थित हुँदै गएको छ। र, यो छोटो समयमा त्यो पूर्ण रुपमा व्यवस्थित भएर जानेछ’ उनले भनिन्, ‘अर्को कुरा अर्थतन्त्रमा जुनखालको डामाडोलको स्थिति थियो, यसको बाह्य स्वरुप सुधार भएको छ। किसानका समस्यासँग सम्बन्धित भएर दूधको मूल्यदेखि लिएर गहुँको समर्थन मूल्य तोक्ने लगायतका विषयहरू भएका छन्।’ 

पाठ्यपुस्तक समयमै पुर्‍याउने गरी सरकारको तयारी रहेको भन्दै उनले मिटरब्याजसँग सम्बन्धित विषयलाई  कानुनतः यसलाई अपराध घोषणा गर्दै कानुनी दायरामा ल्याउनका लागि अपराध संहिता २०७४ लाई संशोधन गर्ने प्रक्रिया पनि अगाडि बढाएको उनले बताइन्। 

त्यस्तै, नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकारले सय दिन बिताएको कुरालाई अनौठो मान्नु जरुरी नभएको टिप्पणी गरे। उनले पछिल्लो समय प्रधानमन्त्रीले सरकार पुनर्गठन गरेसँगै सरकारले गति लिने अवस्था बनेको बताए। 

‘यो गठबन्धनको अवस्था भनेको आफैंमा विशेष अवस्था हो। अहिले जुन हिसाबले नेपालको राजनीति बडो तरल छ। त्यो अवस्थाभित्र सय दिन बित्ने कुरालाई कुनै अनौठो मान्नु जरुरी छैन’, उनले भने, ‘तर, अब एकचोटी यो सरकार गठन गर्ने कुरा पुनर्गठन गर्ने काम भइसकेपछि अब यसले गति लिने अवस्था छ। र, अनुभव पनि प्राप्त गर्नुभएका व्यक्ति हुनुहुन्छ प्रधानमन्त्री। मुलुक चलाउने अनुभव प्राप्त गरेका पार्टीहरूपनि यसमा सहभागी छन्। सबैको सहयोगमा यो सरकार अगाडि बढ्छ।’

Ncell 2
Ncell 2
nimb
nimb

उनले बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा सत्तारुढ गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्ने पनि स्पष्ट पारे। 

नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले सरकारको सय दिन राजनीतिक रुपमा अस्तव्यस्त रहेको टिप्पणी गरे। उनले सरकारले ‘डेलिभरीका कामहरू’ प्रारम्भ गरेको भन्दै आगामी दिनमा ती कामहरूले गति पाउनेमा विश्वास व्यक्त गरे। उनले सरकारलाई अब कुनै रोकतोक नहुने भन्दै सरकारले गति लिनुपर्ने धारणा राखे। 

‘हाम्रो पार्टी भर्खरै मात्र सरकारमा सहभागी भएको दल हो। अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल देशको प्रधानमन्त्री भएको सय दिन पुग्न आँट्यो। यसको बारेमा आधिकारिक धारणा प्रधानमन्त्रीज्यूले नै दिनुहुन्छ भन्ने लाग्छ मलाई। यो सय दिनका बारेमा नेपाली जनताहरू सबैले बुझेकै छन्। विभिन्न समयमा विभिन्न व्यक्तिहरू सरकारमा पुग्नुभएको अवस्था छ’, उनले भने, ‘त्यसैले यो सय दिन राजनीतिक रुपमा भन्ने हो भने अस्तव्यस्त ढंगले बितेको छ। र, सरकारले दिनुपर्ने डेलिभरीका कामहरूका बारेमा प्रारम्भ गर्नुभएको छ, प्रचण्डले यसपालि केही गर्छु भनेर भन्नु पनि भएको छ।’ 

नेकपा (एमाले)का सचिव छविलाल विश्वकर्माले भने सरकारले कुनैपनि काममा सकारात्मक पहलकदमी लिन नसकेको टिप्पणी गरे। उनले एमाले सरकारमा रहँदा अर्थतन्त्रमा आशा जागेको भन्दै गठबन्धन परिवर्तन भएसँगै सो आशा निराशामा परिणत भएको बताए। उनले देशको परिस्थिति गम्भीर रहेको उल्लेख गरे। 

Xtrem

Xtrem

‘समस्या चाङ लागेका छन्। सम्बोधनका निम्ति कुनै पहलकदमी देखिएको छैन। यो खालको परिस्थिति हेर्दाखेरी जुनसुकै क्षेत्रलाई हेरे पनि उल्लेखनीय हिसाबले यति सकारात्मक पहलकदमी भयो नि भन्ने सकिने कुनै विषय, कुनै ठाउँ नै रहेन’, उनले भने, ‘बडो निराशाजनक छ। आम जनताको जस्तो खालको उत्साह हुनुपर्ने हो, त्यो खालको परिस्थिति देखिएन। निराशा बढ्दै गएको छ। हामी रहुञ्जेल देशको राष्ट्रिय अर्थतन्त्र जस्तो थियो, कमसेकम आशा जागेको थियो।’ 

नेकपा(माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले सय दिनमा सरकारले धेरै राम्रा निर्णय गरेको बताए। उनले सरकारले गरेका निर्णयहरू कार्यान्वयन हुनुपर्नेमा जोड दिए। उनले मिटरब्याजीहरूलाई एक महिनाभित्रैमा कारबाही गर्नुपर्नेमा जोड दिए।

‘मिटरब्याजीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्छ। त्यसलाई सरकारले लामो नगरेर एक महिनाभित्र सबैलाई कारबाही गरेर जनतालाई आश्वस्त बनाउनुपर्छ। सय दिनमा सरकारले धेरै राम्रा निर्णयहरू गरेको छ’, उनले भने, ‘ती निर्णयहरू मात्रैले हुँदैन, कार्यान्वयन गर्नुपर्छ।’ 

जनता समाजवादी पार्टी, नेपालका नेता राजकिशोर यादवले सरकारले सय दिनमा ठोस काम नगरेर गठबन्धन निर्माणमा मात्रै केन्द्रित भएको प्रतिक्रिया दिए। उनले सरकारमा चुनावअघिको गठबन्धन ब्युँतिएसँगै संविधानको रक्षा हुने विश्वास बनेको बताए। 

‘सय दिनभित्रै सत्ता घटक फेरिएको छ। यो आफैंमा अचम्म लाग्दो अनौठो विषय हो। सरकारले यो बीचमा कुनै ठोस काम भन्दापनि गठबन्धन निर्माण गर्नमा बढी केन्द्रित भयो’, उनले भने, ‘त्यसैले अहिले नै यो सरकारलाई ठ्याक्कै यो यो काम गर्‍यो भनेर यो आधारमा धारणा निर्माण गर्न त कठिन हुन्छ। चुनावभन्दा अगाडिको गठबन्धन जुन थियो, त्यो गठबन्धन फेरि निर्माण भएको छ। यो सरकार संविधानप्रति प्रतिवद्धता, संविधानमा तलमाथि हुँदैन भन्ने एउटा विश्वास बनेको छ।’ 

उनले आर्थिक संकट र सुशासनको सवालमा मान्छेलाई चिन्ता लागेको बताए। यादवले सरकारले आगामी दिनमा जनताको भावना अनुरुप काम गर्न सक्नुपर्ने बताए।

प्रकाशित मिति: आइतबार, चैत १९, २०७९  १९:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जी-७ मन्त्रीस्तरीय बैठकमा परराष्ट्रमन्त्री खनालले उठाए जलवायू न्यायकाे माग, नेपाललाई पाँच अर्ब डलर लाग्ने तथ्यांक पेश
संघीय संसदकाे दुवै सदनकाे बैठक बस्दै, पाँच संसदीय समितिकाे पनि बस्ने
लुम्बिनी, काेसी र गण्डकी भारी वर्षा अन्य प्रदेशमा के छ ?
सम्बन्धित सामग्री
संघीय संसदकाे दुवै सदनकाे बैठक बस्दै, पाँच संसदीय समितिकाे पनि बस्ने बिहीबार, असोज ८, २०८३
मंसीर पहिलाे साता प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमण जाने तयारी बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्कमा अवतरण, राष्ट्रसंघका स्थायी नियोग राजदूत थापाले गरे स्वागत प्रधानमन्त्री शाहलाई जेएफके अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रसंघका लागि स्थायी नियोग प्रमुख राजदूत लोकबहादुर थापाले स्वागत गरे । बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
जी-७ मन्त्रीस्तरीय बैठकमा परराष्ट्रमन्त्री खनालले उठाए जलवायू न्यायकाे माग, नेपाललाई पाँच अर्ब डलर लाग्ने तथ्यांक पेश बिहीबार, असोज ८, २०८३
संघीय संसदकाे दुवै सदनकाे बैठक बस्दै, पाँच संसदीय समितिकाे पनि बस्ने बिहीबार, असोज ८, २०८३
लुम्बिनी, काेसी र गण्डकी भारी वर्षा अन्य प्रदेशमा के छ ? बिहीबार, असोज ८, २०८३
मंसीर पहिलाे साता प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमण जाने तयारी बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्कमा अवतरण, राष्ट्रसंघका स्थायी नियोग राजदूत थापाले गरे स्वागत बुधबार, असोज ७, २०८३
नेपाली कांग्रेस मङ्गलसैन नगर सभापतिमा हेमराज भण्डारी सर्वसम्मत निर्वाचित बुधबार, असोज ७, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्