काठमाडौं– एक युवतीको फेसबुक ह्याक गरेर अश्लिल भिडियो र फोटो पोस्ट गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मोरङको धनपालथान गाउँपालिका–४ का २२ वर्षीय दिपेश लोहनीलाई पक्राउ गरेको हो।
उनले अध्ययनको सिलसिलामा विदेश गएकी एक युवतीलाई दैनिक फोन, म्यासेज गरेर धम्की दिने गरेको र ती युवतीले वास्ता नगरेपछि फेसबुक समेत ह्याक गरेर अश्लिल भिडयो, फोटो सामाजिक सञ्जालमा पोष्ट गरेको पाइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका युवकलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।