काठमाडौं- मेयरको सट्टामा परीक्षा दिइरहेका एक नक्कली परीक्षार्थीलाई प्रहरीले रौतहटबाट पक्राउ गरेको छ। रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुको सट्टामा एसईई दिंदै गरेका गरुडाको पोठियाहीका कमल साह पक्राउ परेका हुन्।
उनलाई मौलापुर नगरपालिकाको लक्ष्मिनियाँ माविमा केन्द्रबाट पक्राउ गरिएको हो। अनुगमनका क्रममा नक्कली परीक्षार्थी बनेर उनले मेयर कानुको सट्टामा परीक्षा दिएको खुलेपछि पक्राउ गरिएको हो।
नक्कली परीक्षार्थी बनेका साह मेयरको ज्वाईं रहेको खुलेको छ। यस विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।