काठमाडौं– सरकार र मिटरब्याज पीडितबीच ५ बुँदे सहमति भएको छ। शनिबार सरकारी वार्ता टोली र संघर्ष समितिबीच काठमाडौंमा भएको छफलमा सहमति जुटेको हो।
सहमति अनुसार मिटरब्याज अपराध नियन्त्रण सिफारिस कार्यदलको भदौ २७ गतेको प्रतिवेदनमा उल्लेखित सिफारिसहरू शीघ्र एवं प्रभावकारी कार्यान्वयनका लागि सम्बद्ध निकायसँग आवश्यक समन्वय र सहजीकरण गर्ने भनिएको छ।
यस्तै, अब बस्ने मन्त्रिपरिषद् बैठकबाट जाँजबुझ आयोग ऐन, २०२६ अनुसार आयोग गठन गर्न सरकारलाई सिफारिस गर्ने सहमति पनि भएको छ।
आयोग गठनपछि मिटरब्याजविरुद्धको संघर्ष समितिले गरिरहेको आन्दोलन फिर्ता लिइनेछ।
सरकारले आयोग गठन गरेपछि मात्रै आन्दोलन फिर्ता हुने एक जना अभियन्ता गौतम राईले बताए। ‘सहमतिपत्रमा आयोग गठन भएपछि फिर्ता लिने भनिएको छ’, उनले भने।
हेर्नुहोस् सहमति:
![samahati-miterbyaj-pidit1680355727.jpg](https://nepallive.net/uploads/posts/samahati-miterbyaj-pidit1680355727.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।