फाइल तस्बिर
काठमाडौं– एसईईको प्रश्नपत्र बाहिरिएपछि बारामा केन्द्रध्यक्षसहित ४ जना निलम्बित भएका छन्।
जिल्लाको आदर्श कोतवाल गाउँपालिकास्थित महेन्द्र आदर्श जयनगर च्युटाँहा मावि परीक्षा केन्द्रबाट एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएपछि उनीहरुलाई निलम्बन गरिएको हो।
प्रश्नपत्र बाहिरिएको विषयमा केन्द्रध्यक्षसहित ४ जनालाई निलम्बन गरिएको र थप छानबिन भइरहेको छ।
प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको एसईई परीक्षा समितिको बैठकले केन्द्राध्यक्ष दिनेशप्रसाद साह, सहायक केन्द्राध्यक्ष पदमराज चौधरी, विजय चौधरी, परीक्षा निरीक्षक कुन्दनप्रसाद कुशवाहा र श्याम किशोर गुप्तालाई निलम्बन गरेको हो।
परीक्षा दिन आएका विद्यार्थी पवन साहले सामाजिक सञ्जालमार्फत् प्रश्नपत्र सार्वजनिक गरेका थिए। उनको परीक्षा पनि रद्द गरिएको छ। आइतबारबाट हुने परीक्षा भने नियमित रुपमा सञ्चालन गरिने भएको छ। परीक्षा चलिरहँदा उनले प्रश्नपत्र फेसबूकमा शेयर गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।