• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कांग्रेसको दुवै निर्वाचनमा घोषणा पत्र लेख्ने नेताहरुले नै छाडे पार्टी

64x64
नेपाल लाइभ बिहीबार, चैत १६, २०७९  १८:३८
1140x725

काठमाडौं- संघीय, प्रदेश र स्थानीय तहको निर्वाचनका समयमा नेपाली कांग्रेसको घोषणा पत्र लेख्ने समूहका दुई नेताले पार्टी छाडेका छन्। संघ र प्रदेशको निर्वाचनमा कांग्रेसको घोषणपत्र निर्माणमा संयोजनकारी भूमिका खेलेका अर्थशास्त्री डा स्वर्णिम वाग्लेले बिहीबार पार्टीबाट अलग्गिएको बताएका छन्।

विसं २०४२ सालको ‘सत्याग्रह’ र २०४६ को जनआन्दोलनदेखिको आफ्नो संलग्नता एवं ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली कांग्रेस पार्टीबाट अलग हुने निर्णय लिनुपर्ने अवस्था आएको उनले बताएका छन्। 

‘पछिल्ला वर्षहरुमा कांग्रेस पार्टीभित्रका गतिविधिहरु नियालेका प्रत्येक स्वाभिमानी कांग्रेसजनको शीर निहुरिने अवस्था आएको छ। जननायक बीपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किशुनजीको ऐतिहासिक दल अहिले दाई-भाउजु-साला-भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ,’ उनले भनेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गर्ने उक्त पार्टीका एक नेताले जानकारी दिएका छन्। वाग्ले कांग्रेसको संघ र प्रदेशको निर्वाचनका लागि निर्माण गरिएको घोषणा पत्रको मस्यौदा उपसमितिका संयोजक थिए। उनले पार्टीमा ३० वर्षदेखि परोक्ष र गत १० वर्षदेखि प्रत्यक्ष रुपमा आर्थिक नीति र योजना, बौद्धिक-सैद्धान्तिक विमर्श र प्रशिक्षण एवं अन्तर्राष्ट्रिय वैधताको विस्तारमा उल्लेख्य योगदान गरेको दाबी गरेका छन्।

महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको घोषणा पत्र मस्यौदा उपसमितिको नेतृत्वदायी भूमिका खेलेका वाग्लेले कांग्रेस सभापति शेरबहादुर देउवा र देउवापत्नी तथा कांग्रेस नेतृ आरजु राणाको व्यवहारबाट आजित भएर पार्टीबाट बाहिरिएको बताएका छन्।

डा वाग्लेले गत निर्वाचनमा चितवन-१ बाट निर्वाचन लड्न चाहेका थिए। तर,  देउवाले आफूनिकट विश्व पौडेललाई उक्त क्षेत्रको टिकट दिए। पौडेल रास्वपाका हरि ढकालसँग पराजित भएका थिए।

यसअघि स्थानीय तहको निर्वाचनमा महामन्त्री गगन थापाको संयोजकत्वको घोषणा पत्र मस्यौदा समितिमा बसेर काम गरेका मनिष झाले पार्टी परित्याग गरेका थिए। स्थानीय तहको चुनावलगत्तै उक्त पार्टीबाट अलग्गिएका उनले रास्वपा ज्वाइन गरेका थिए। रास्वपाबाट उनी समानुपातिकबाट सांसद् निर्वाचित भएका छन्।

डा वाग्ले पनि उक्त पार्टीबाट सांसद् बन्नका लागि कांग्रेसबाट अलग्गिएका हुन्। उनी तनहुँ-१ बाट उपनिर्वाचनमा उम्मेदवार बन्ने रास्वपाले जनाएको छ। कांग्रेस नेता रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि उक्त क्षेत्रमा उपनिर्वाचन हुँदैछ। रास्वपाका एक नेताका अनुसार डा वाग्लेलाई पार्टीले उक्त क्षेत्रबाट उम्मेदवार बनाउनेछ।

Ncell 2
Ncell 2
nimb
nimb

नेपाली कांग्रेसमा पार्टीभित्र नयाँ मान्छेले इन्ट्री पाउनुपर्ने व्यवस्था गर्न जरुरी रहेको महामन्त्री गगन थापाले बताएका थिए। मंसिर ४ को निर्वाचनको पूर्वसन्ध्यामा उनीसँग गरिएको अन्तर्वार्तामा भनेका थिए, ‘किन कोही मान्छे कुनै ठाउँको मेयर हुनको लागि नेपाली कांग्रेसको वर्षौदेखिको सदस्य भएर पार्टीको नेताले प्रमाणित गरेको खल्तीबाटै किन हुनुपर्ने? कुनै युवा वा पुरानो कुनै प्रोफेसनमा रहेको मान्छे आएर ‘मसँग आइडिया छ, म फलानो सहरमा कांग्रेसको तर्फबाट मेयर बन्छु,  सांसद हुन्छु' भनेर आयो भने हुनसक्ने व्यवस्था किन नगर्ने?’

थापाले भनेजस्तै फरक पेशाबाट आउने व्यक्तिलाई कांग्रेसमा ‘स्पेश’ बन्न नसकेको वाग्ले र झाको बहिर्गमनले देखाएको छ। वाग्लेले त्यही संकेत गरेका छन्। उनले भनेका छन्, ‘अब कुरेर बस्ने कृपा र निगाहको जीवनपर्यन्त राजनीतिभन्दा समयसीमा तोकेर आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै ‘डेलिभरी’को प्रयोगमा जान चाहेँ।’

उनले कांग्रेसको इतिहास भए पनि नयाँलाई यसभित्र अटाउन ‘रेट्रोफिट’ जरुरी भएको बताएका थिए। ‘नयाँ ढंगले पेन्टिङ गर्नुपर्‍यो। कहाँ समस्या छ हेर्नुपर्‍यो। यहाँ अलिकति सुधार गरियो भने पुरानो घरमा मान्छेहरु त आइहाल्छन् नि,’ उनले भनेका थिए।

गएको संसदीय दलको निर्वाचनमा उनले उम्मेदवारीसमेत दिएका थिए। तर, उनी पराजित भए। कांग्रेसमा डा शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माहरु निर्णायक भएको दिन फर्किन सक्ने उनको संकेत छ। वाग्लेको बहिर्गमनपछि नेपाली कांग्रेसका अर्का नेता गुरुराज घिमिरेले कांग्रेसमा राजनीति गर्ने आधारभूत योग्यता वा मानक सम्पत्ति र नाता मात्र रहेको बताएका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘सन् १९११मा रिचर्ड मिसेलले निकालेको निष्कर्ष अनुसार कुलिनतन्त्रको चरित्र हो यो। यसैको दृष्टान्त हो, स्वर्णिमको कांग्रेस परित्याग! कांग्रेसको ढुकढुकी अझै बाँकी छ भने स्वर्णिमलाई घर फर्काउनुस्,अन्यथा राम राम,’ घिमिरेको टिप्पणी छ। उनले यसअघि नै नयाँ वर्षबाट आफ्नो राजनीतिक दिशासमेत नयाँ हुने बताइसकेका छन्।

प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  १८:३८
  • #स्वर्णीम वाग्ले
  • #मनिष झा

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार सरकारले विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को सहयोगमा प्रभावित परिवारलाई एकद्वार प्रणालीमार्फत राहत रकम वितरण गरेको हो। स्थानीय तहसँग... बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत जर्मनीबाट डिपोर्ट (निष्कासन) गरिएको विषयसहित नैतिक आचरण, योग्यता र कूटनीतिक अनुभवमाथि गम्भीर प्रश्न उठेपछि समितिले उनको नाम अनुमोदन... बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत संघीय संसद्को संसदीय सुनुवाइ समितिबाट उनको नाम अनुमोदनका लागि अस्वीकृत भएको छ । बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्