• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १०, २०८३ Tue, Oct 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कांग्रेसको दुवै निर्वाचनमा घोषणा पत्र लेख्ने नेताहरुले नै छाडे पार्टी

64x64
नेपाल लाइभ बिहीबार, चैत १६, २०७९  १८:३८
1140x725

काठमाडौं- संघीय, प्रदेश र स्थानीय तहको निर्वाचनका समयमा नेपाली कांग्रेसको घोषणा पत्र लेख्ने समूहका दुई नेताले पार्टी छाडेका छन्। संघ र प्रदेशको निर्वाचनमा कांग्रेसको घोषणपत्र निर्माणमा संयोजनकारी भूमिका खेलेका अर्थशास्त्री डा स्वर्णिम वाग्लेले बिहीबार पार्टीबाट अलग्गिएको बताएका छन्।

विसं २०४२ सालको ‘सत्याग्रह’ र २०४६ को जनआन्दोलनदेखिको आफ्नो संलग्नता एवं ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली कांग्रेस पार्टीबाट अलग हुने निर्णय लिनुपर्ने अवस्था आएको उनले बताएका छन्। 

‘पछिल्ला वर्षहरुमा कांग्रेस पार्टीभित्रका गतिविधिहरु नियालेका प्रत्येक स्वाभिमानी कांग्रेसजनको शीर निहुरिने अवस्था आएको छ। जननायक बीपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किशुनजीको ऐतिहासिक दल अहिले दाई-भाउजु-साला-भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ,’ उनले भनेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गर्ने उक्त पार्टीका एक नेताले जानकारी दिएका छन्। वाग्ले कांग्रेसको संघ र प्रदेशको निर्वाचनका लागि निर्माण गरिएको घोषणा पत्रको मस्यौदा उपसमितिका संयोजक थिए। उनले पार्टीमा ३० वर्षदेखि परोक्ष र गत १० वर्षदेखि प्रत्यक्ष रुपमा आर्थिक नीति र योजना, बौद्धिक-सैद्धान्तिक विमर्श र प्रशिक्षण एवं अन्तर्राष्ट्रिय वैधताको विस्तारमा उल्लेख्य योगदान गरेको दाबी गरेका छन्।

महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको घोषणा पत्र मस्यौदा उपसमितिको नेतृत्वदायी भूमिका खेलेका वाग्लेले कांग्रेस सभापति शेरबहादुर देउवा र देउवापत्नी तथा कांग्रेस नेतृ आरजु राणाको व्यवहारबाट आजित भएर पार्टीबाट बाहिरिएको बताएका छन्।

डा वाग्लेले गत निर्वाचनमा चितवन-१ बाट निर्वाचन लड्न चाहेका थिए। तर,  देउवाले आफूनिकट विश्व पौडेललाई उक्त क्षेत्रको टिकट दिए। पौडेल रास्वपाका हरि ढकालसँग पराजित भएका थिए।

यसअघि स्थानीय तहको निर्वाचनमा महामन्त्री गगन थापाको संयोजकत्वको घोषणा पत्र मस्यौदा समितिमा बसेर काम गरेका मनिष झाले पार्टी परित्याग गरेका थिए। स्थानीय तहको चुनावलगत्तै उक्त पार्टीबाट अलग्गिएका उनले रास्वपा ज्वाइन गरेका थिए। रास्वपाबाट उनी समानुपातिकबाट सांसद् निर्वाचित भएका छन्।

डा वाग्ले पनि उक्त पार्टीबाट सांसद् बन्नका लागि कांग्रेसबाट अलग्गिएका हुन्। उनी तनहुँ-१ बाट उपनिर्वाचनमा उम्मेदवार बन्ने रास्वपाले जनाएको छ। कांग्रेस नेता रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि उक्त क्षेत्रमा उपनिर्वाचन हुँदैछ। रास्वपाका एक नेताका अनुसार डा वाग्लेलाई पार्टीले उक्त क्षेत्रबाट उम्मेदवार बनाउनेछ।

Ncell 2
Ncell 2
nimb
nimb

नेपाली कांग्रेसमा पार्टीभित्र नयाँ मान्छेले इन्ट्री पाउनुपर्ने व्यवस्था गर्न जरुरी रहेको महामन्त्री गगन थापाले बताएका थिए। मंसिर ४ को निर्वाचनको पूर्वसन्ध्यामा उनीसँग गरिएको अन्तर्वार्तामा भनेका थिए, ‘किन कोही मान्छे कुनै ठाउँको मेयर हुनको लागि नेपाली कांग्रेसको वर्षौदेखिको सदस्य भएर पार्टीको नेताले प्रमाणित गरेको खल्तीबाटै किन हुनुपर्ने? कुनै युवा वा पुरानो कुनै प्रोफेसनमा रहेको मान्छे आएर ‘मसँग आइडिया छ, म फलानो सहरमा कांग्रेसको तर्फबाट मेयर बन्छु,  सांसद हुन्छु' भनेर आयो भने हुनसक्ने व्यवस्था किन नगर्ने?’

थापाले भनेजस्तै फरक पेशाबाट आउने व्यक्तिलाई कांग्रेसमा ‘स्पेश’ बन्न नसकेको वाग्ले र झाको बहिर्गमनले देखाएको छ। वाग्लेले त्यही संकेत गरेका छन्। उनले भनेका छन्, ‘अब कुरेर बस्ने कृपा र निगाहको जीवनपर्यन्त राजनीतिभन्दा समयसीमा तोकेर आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै ‘डेलिभरी’को प्रयोगमा जान चाहेँ।’

उनले कांग्रेसको इतिहास भए पनि नयाँलाई यसभित्र अटाउन ‘रेट्रोफिट’ जरुरी भएको बताएका थिए। ‘नयाँ ढंगले पेन्टिङ गर्नुपर्‍यो। कहाँ समस्या छ हेर्नुपर्‍यो। यहाँ अलिकति सुधार गरियो भने पुरानो घरमा मान्छेहरु त आइहाल्छन् नि,’ उनले भनेका थिए।

गएको संसदीय दलको निर्वाचनमा उनले उम्मेदवारीसमेत दिएका थिए। तर, उनी पराजित भए। कांग्रेसमा डा शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माहरु निर्णायक भएको दिन फर्किन सक्ने उनको संकेत छ। वाग्लेको बहिर्गमनपछि नेपाली कांग्रेसका अर्का नेता गुरुराज घिमिरेले कांग्रेसमा राजनीति गर्ने आधारभूत योग्यता वा मानक सम्पत्ति र नाता मात्र रहेको बताएका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘सन् १९११मा रिचर्ड मिसेलले निकालेको निष्कर्ष अनुसार कुलिनतन्त्रको चरित्र हो यो। यसैको दृष्टान्त हो, स्वर्णिमको कांग्रेस परित्याग! कांग्रेसको ढुकढुकी अझै बाँकी छ भने स्वर्णिमलाई घर फर्काउनुस्,अन्यथा राम राम,’ घिमिरेको टिप्पणी छ। उनले यसअघि नै नयाँ वर्षबाट आफ्नो राजनीतिक दिशासमेत नयाँ हुने बताइसकेका छन्।

प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  १८:३८
  • #स्वर्णीम वाग्ले
  • #मनिष झा

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इजरायलमा निर्वाचन : बेन्जामिन नेतान्याहुका लागि परीक्षा
‘लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण छ’ : प्रदीप पौडेल
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम
सम्बन्धित सामग्री
‘लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण छ’ : प्रदीप पौडेल उनले लोकतन्त्र संकटमा परेका बेला तरुणहरूले निर्वाह गरेको भूमिका सराहनीय रहेको उल्लेख गर्दै पार्टीको संगठन सुदृढीकरण र रूपान्तरणमा पन... मंगलबार, कात्तिक १०, २०८३
सरकार परिवर्तनको चर्चा चल्न थाल्नु विडम्बनापूर्ण : बाबुराम मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले निर्वाचित सरकारलाई संविधानको परिधिभित्र रहेसम्म पूरा अवधि काम गर्न दि... मंगलबार, कात्तिक १०, २०८३
तरुण दलको स्थापना दिवसमा बिरामीहरुलाई फलफूल वितरण तरुण दल जिल्ला कार्यसमितिले सामाजिक उत्तरदायित्व बहन गर्दै अस्पतालमा उपचाररत बिरामीहरूको शीघ्र स्वास्थ्य लाभको कामनासहित फलफूल वितरण... मंगलबार, कात्तिक १०, २०८३
ताजा समाचारसबै
इजरायलमा निर्वाचन : बेन्जामिन नेतान्याहुका लागि परीक्षा मंगलबार, कात्तिक १०, २०८३
‘लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण छ’ : प्रदीप पौडेल मंगलबार, कात्तिक १०, २०८३
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम मंगलबार, कात्तिक १०, २०८३
एनपीएल: विराटनगरले चितवनविरुद्ध पहिले बलिङ गर्दै मंगलबार, कात्तिक १०, २०८३
विज्ञान, प्रविधि तथा नवप्रवर्तन परिषदको ६ सदस्यका लागि सिफारिस आव्हान मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
आज मौसम सफा रहने, बिहीबारदेखि हिमपात र वर्षाको सम्भावना सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्