काठमाडौं– ७ किलो ८८७ ग्राम कोकिनसहित दुई जना भारतीय महिला पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा भारतको सर्चिप मोजोरमकी ४५ वर्षीया वाहलालावमी र सोही ठेगानाकी इस्टर लल्लिम्पुई छन्।
उनीहरुलाई लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले पक्राउ गरेको हो। उनीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उक्त कोकिन भारतको दिल्ली लैजान लागेका थिए।
फागुन १४ गते इन्डिगो एअरलाइन्समार्फत् वाहलालावमी दिल्ली जान लागेकी थिइन्। सो क्रममा उनको लगेज जाँच गर्दा कोकिन भेटिएको ब्यूरोका प्रमुख तथा एसएसपी विकासराज खनालले जानकारी दिए।
वाहलाललावमीले बोकेको ४ वटा लेडिज ब्यागमा फल्सबटम बनाएर कोकिन लुकाएर लैजान लागिएको थियो। उनी पक्राउ परेपछि उनकै सूचनाका आधारमा ठमेलबाट इस्टर लल्लिम्पुईलाई पक्राउ गरिएको हो। उनको सुटकेशबाट ५ किलो कोकिन बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनाविरुद्ध लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार म्याद थप गरेर अनुसन्धान भइरहेको छ। बरामद कोकिनको अवैध बजार मूल्य करिब १७ करोड ३ लाख ५९ हजार २ सय बराबर रहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।