काठमाडौं- रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्ष घुस लिँदालिँदै पक्राउ परेका छन्। प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणि मरासिनी र सोही गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष भीमबहादुर यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले पक्राउ गरेको हो।
नदीजन्य पदार्थ बिक्री आदेशको म्याद थप तथा बिक्री आदेश दिने प्रयोजनको लागि सेवाग्राहीसँग ५० हजार घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा प्रकाउ उनीहरुलाई गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक विज्ञप्तिमार्फत जनाएको छ।
‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले प्रमुख प्रशासकीय अधिकृत मरासिनी, वडाध्यक्ष भीमबहादुर यादव र बिचौलिया बिनोद भर समेतलाई सेवाग्राहीबाट ५० हजार घुस लिइसकेको अवस्थामा बिहीबार प्रकाउ गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।