काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माणको शिलान्यास गरेका छन्। बिहीबार बिहान उनले उक्त भवनको निर्माण प्रारम्भ भएको घोषणा गरेका हुन्।
उक्त भवन भ्याटबाहेक १ अर्ब २७ करोड, ९० लाख ९८ हजार ९७७ रुपैयाँमा निर्माण पूरा हुनेछ। २०७९ चैत ६ गते निर्माण सम्झौता भएइको थियो।
टर्मिनल भवनको निर्माण ३६ महिनाभित्र सम्पन्न गरिसक्ने भनिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले भरतपुरसहित विराटनगर र नेपालगञ्जमा पनि चालु आर्थिक वर्षभित्रै टर्मिनल भवन निर्माण गर्ने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।