काठमाडौं– बिहीबार बिहान भक्तपुरमा भएको सवारी दुर्घटनामा १३ जना घाइते भएका छन्।
भक्तपुरको सूर्यविनायक नगरपालिका–९ नलिनचोकमा बिग्रिएर रोकिएको बा ५ ख ८०२२ नम्बरको फोर्स गाडी (मिनी बस)लाई ग २ ख ४३१ नम्बरको टिपरले ठक्कर दिँदा १३ जना घाइते भएका हुन्।
प्रहरीका अनुसार टिपरको ठक्करबाट सडकमा रोकिएको मिनी बस सडकभन्दा ३ मिटर तल खसेको थियो।
घाइते भएका यात्रुहरुलाई उपचारका लागि भक्तपुर अस्पताल ल्याइएको र घाइतेहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ।
प्रहरीले दुवै सवारी साधनलाई नियन्त्रणमा लिएको छ। टिपरका चालक भने फरार रहेकाले उनको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।