काठमाडौं- न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ। देशभरका स्थानीय तहका उपमेयर, उपाध्यक्षहरुको उपस्थितिमा न्यायिक समितिको राष्ट्रिय सम्मेलन दुई दिनसम्म चल्नेछ।
राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डिजटल एपको उद्घाटन गरेका छन्। डिजिटल एपमार्फत न्याय सेवा, अनलाइनमार्फत सेवा दिने उद्देश्यले एप ल्याएको जनाइएको छ।
स्थानीय तहको दर्तादेखि कार्यान्वयनको तहसम्म पुर्याउने, न्याय सम्पादनको कार्य निर्देशन स्पष्ट हुनुपर्ने, कार्यसम्पादनमा एक रुपमा आउने, चुस्तता, न्याय सेवामा निष्पक्क्षता हुने विश्वास समेत गरिएको छ।
देशभरका उपप्रमुखहरु उपस्थित रहेको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौंका मेयर बालेन्द्र साहले संघीय सरकारले स्थायित्व नपाउँदा आफूहरुलाई समन्वय गर्न कठिनाइ भएको उद्घोष गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।