• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ ८, २०८३ Mon, Aug 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट
एसीसी प्रिमियर लिग

एसीसी कप सफल बनाउन सके आईसीसीले नेपाललाई ठूला खेल दिन सक्छ: दुर्गाराज पाठक [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ मंगलबार, चैत १४, २०७९  १८:४६
1140x725

आगामी वैशाख पहिलो साता नेपालमा हुने एसीसी पुरुष प्रिमियर कपको खेल तालिका सार्वजनिक भइसकेको छ। उक्त प्रतियोगिता काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुने तय भएको छ। वैशाख ५ देखि १८ गतेसम्म हुने प्रतियोगितामा १० देशले प्रतिस्पर्धा गर्नेछन्।

नेपाल समूह ‘ए’ मा रहेको छ। नेपाल रहेको समूहमा ओमन, कतार, मलेसिया र साउदी अरेबिया छन्। त्यस्तै, समूह ‘बी’ मा यूएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन्।  

यो प्रतियोगिताको विजेता टोलीले एसिया कप खेल्न पाउनेछ। एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानसँगै एसीसी प्रिमियर कपको विजेता टोलीले प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगिता नजिकै आउँदा खेल मैदानहरु भने तयार नभएको भनी आलोचना भइरहेको छ। त्रिविको मैदानमा फ्लड लाइट जडानदेखि मुलपानीको मैदान पनि तयार नभएको भन्दै आलोचना भइरहेको छ। यही विषयमा केन्द्रित रहेर नेपाल क्रिकेट संघका कार्यवाहक सचिव दुर्गाराज पाठकसँग गरिएको कुराकानी:

एसीसी प्रिमियर लिगको तयारी कस्तो छ? 
अहिले क्यानले ड्रेसिङ रुम निर्माण र खेल मैदान मर्मतको काम द्रुत गतिमा गरिरहेको छ। ग्राउण्डको आउट फिट र पिचको काम पनि सँगै भइरहेको छ। यसका लागि आवश्यक पर्ने पूर्वाधार, दर्शकको सुरक्षा लगायत शौचालय व्यवस्थापन कसरी गर्ने भनेर स्थानीय सरकारसहित सबैसँग समन्वय गर्दै काम गरिरहेका छौं। यहाँको बाटोघाटो कसरी व्यवस्थापन गर्ने, १०/१० वटा विदेशी टिम आउँदैछन्, उनीहरुका लागि होटलदेखि खेल मैदानसम्म लैजाने र अभ्यास खेलका लागि कसरी व्यवस्थापन गर्ने भनेर काम गरिरहेका छौं।

यो समग्र देशको साझा कार्यक्रम भएकोले यसलाई सफल पार्न सबैले हातेमालो गरेर अगाडि बढ्नु जरुरी हुन्छ। यति ठूलो टुर्नामेन्ट नेपालमा आयोजना हुन लागेकाले गुनासो गर्ने ठाउँ नराखी सम्पन्न गर्नुपर्छ भन्ने मान्यताले तयारी गरिरहेका छौं।

दर्शकहरु बस्ने ठाउँ सानो हुन्छ कि भन्ने गुनासो पनि छ। कति जना दर्शक अटाउँछन् यो खेल मैदानमा?
दर्शकको हिसाबमा त यहाँको ठाउँ सानै देखिन्छ। दर्शक बस्नका लागि प्याराफिट वा फराकिलो स्थान छैन। यो अहिले क्यानको एकेडेमी मैदान हो। तर पनि जति ठाउँ छ, त्यसका लागि ठाउँको व्यवस्थापन गर्ने योजनामा हामी काम गरिरहका छौं। अरु खेलमा त मान्छेहरु ठिकै होलान्। तर नेपालको एउटा खेल हुने तालिका छ, उक्त दिनका लागि धेरै ठाउँ बनाउन जरुरी छ भनेर तयारी गरेका छौं। 

नेपालको खेल यहाँ भइरहँदा दर्शकको घुइँचो लाग्न सक्छ। यो ठूलो चुनौतीको विषय पनि हो। सुरक्षा र अन्य दृष्टिकोणले पनि चुनौती महसुस गरेका छौं। अहिले भएको स्थानमा सामान्यत: दुई/तीन हजार मान्छे त अटाउन सक्छ। त्यसका लागि पनि ठाउँ व्यवस्थापन गर्नुपर्नेछ। त्यस बाहेकका मानिसलाई कसरी व्यवस्थापन गर्ने भनेर हामी विकल्पमा सोचिरहेका छौं। 

nimb
nimb
Ncell 2
Ncell 2

मुलपानी क्रिकेट मैदानको चर्चा भइरहने गर्छ। १० वर्षभन्दा लामो समयदेखि निर्माणाधीन यो मैदान कसले बनाइरहेको हो? यहाँ कहिलेसम्म खेल खेलाउन सकिन्छ? क्यानको संलग्नता के हो? 
यो खेल मैदानका कारण क्यानले सधैं विना कारण गाली खाइरहेको छ। किनभने, आम मानिसले मुलपानी क्रिकेट ग्राउण्ड क्यानले बनाएन भन्ने बुझिरहनुभएको छ। तर यो भ्रम हो। क्यानले कुनै पनि संरचना बनाइरहेको छैन। यो खेल मैदान खेलकुद परिषद् र सरकारको गौरवको आयोजना हो। त्यहाँ प्याराफिटसहित रंगशाला बनाउने भन्दै काम सुरु भएको थियो। त्यसमा हाम्रो कुनै पनि संलग्नता छैन।

यो क्रिकेट ग्राउन्ड बनाउन थालेको १० वर्षभन्दा लामो समय भएको छ। हामीलाई पनि आसा छ, सरकारले चाँडै बनाउनेछ। पछिल्लो पटक प्रधानमन्त्री पुष्पकमल दाहालले पनि चासो राख्नुभएकाले छिट्टै निर्माण भएर क्यानले पाउला। त्यहाँ रहेको जग्गाको मुआब्जा विवाद पनि मिलेको भन्ने हामीले जानकारी पाएका छौं।

अब त्रिविको एउटा ग्राउण्डले मात्र नेपालको क्रिकेट धान्न सक्दैन। क्रिकेटलाई अन्तर्राष्ट्रिय रुपमा अगाडि बढाउने, सम्भावना भएको खेलको रुपमा विकास गर्ने हो भने पूर्वाधारमा लगानी गर्नै पर्छ।अहिले यसमा लगानी गर्नुपर्छ भन्ने नतिजाले पनि देखाइरहेका छन्।

अन्डर- १९ र सिनियर दुई वटै टिमले विश्वकपको क्वालिफायर खेलिरहँदा राज्यले यो खेलमा किन लगानी नगर्ने भनेर सोच्नुपर्ने बेला भएको छ। 

मुख्यतया: खेलकुद मैदान हुनुपर्‍यो। कम्तीमा पनि एउटा जिल्लामा एउटा क्रिकेट खेल्न मिल्ने मैदान बन्नुपर्छ। कम्तीमा सात वटा प्रदेशमा एउटा/एउटा स्टेडियम बन्नुपर्छ। नेपालमा दर्शकहरुले त क्रिकेटलाई धेरै माया गर्नुहुन्छ। भोलि एकै ठाउँमा खेल हुन्छ भन्ने पनि छैन। यसलाई विस्तारै राजधानीबाट विकेन्द्रीकरण गर्न आवश्यक छ। त्यसका लागि राज्यका तर्फबाट पूर्वाधारमा जोड दिनुपर्छ। व्यवस्थापन गर्ने पक्षमा चाहिँ क्यानले सक्षमता देखाउनै पर्छ । 

खेलकुद परिषद्सँग अथवा सरकारसँग तपाईंहरुले खेलकुद मैदान छिटो बनाइदिनुहोस् भनेर अनुरोध गर्नु भएको छ कि छैन? यसमा उहाँहरुले के प्रतिक्रिया पाउनुभएको छ? 
यो देशको सिस्टम तपाईंले देख्नु नै भएको छ। हाम्रो अनुरोधमा तत्लो मुलपानी ग्राउण्ड टुर्नामेन्टका लागि हामीलाई दिनुभएको छ। यही १७ गतेदेखि हुने आगामी प्रतियोगिता अवधिभरका लागि यहाँ १० वटा टिमहरु अभ्यास खेलको लागि आउँदैछन्। १० वटा टिमलाई त अभ्यास गराउन गाह्रो हुन्छ। ओमान लगायतका तीन/चार वटा टिम अलि चाँडै आउँदैछन्। उनीहरुको प्राटिक्सको लागि पनि केही ठाउँ त दिनै पर्छ। 

प्रतियोगितासम्मका लागि भनेर लिखित रुपमा हामीलाई हिजोबाट दिइसक्नुभएको छ। तर हाम्रो माग भनेको मुलपानी खेलकुद मैदान निर्माणको काम छिटो सकिदिनुपर्‍यो भन्ने हो। त्यो बनेपछि त्रिवि खेलकुद मैदानलाई लोड कम पर्छ। विभिन्न ग्राउण्ड भएको खण्डमा प्राटिक्स गर्न पनि सजिलो हुन्छ। प्रतियोगिता गर्नका लागि सहज हुन्छ। खेल, खेलाडी र दर्शकलाई व्यवस्थापन गर्न सजिलो हुन्छ।  

यस विषयमा संसदमा प्रधानमन्त्रीदेखि धेरै सांसदहरुले बोल्नुभएको छ। किनभने, क्रिकेट सबैको चासोको विषय बनेको छ। क्रिकेटले देशलाई जोडिराखेको छ। देशले चाहिँ क्रिकेटलाई न्याय गर्नुपर्छ भन्ने एउटा आवाज छ। 

तपाईंहरुले व्यवस्थापन गरिरहनुभएको माथिल्लो मुलपानी ग्राउन्डमा चाहिँ बत्तीको कसरी व्यवस्थापन गर्नुभएको छ? 
हाम्रोमा खेल दिउँसो हुने हो। नाइट म्याच हुँदैन। नाइट नहुने भएपछि लाइटको ठूलो समस्या छैन। तर एउटा फ्रन्ट लाइट चाहिँ अन्तर्राष्ट्रिय मान्यता अनुसार चाहिन्छ नै। त्यो एउटा न्यूनतम मापदण्ड पनि हो। त्यसको व्यवस्थापन गर्न राज्यको ठूलो खर्च लाग्छ। क्रिकेट संघ आफूले केही गर्न सक्दैन। हामी आफैंले पूर्वाधारमा लगानी गर्न सक्दैनौं। हामीले खेलाडीको व्यवस्थापन गर्न सक्छौं। खेलाडीको उच्च प्रदर्शनमा खर्च गर्न सक्छौं। पूर्वाधारको क्षेत्र भनेको राज्यकै चासोको क्षेत्र हो। उसैको दायित्व हो। त्यस कारण राज्यसँग के अनुरोध हो भने, क्रिकेटमा लगानी गर्नुभयो भने नतिजा दिन्छ। दिइरहेको छ। 

नेपालले सन् २०१४ मा पनि टी- २० वर्ल्डकपको एउटा क्वालिफायर खेलिसकेको छ। आज हाम्रो टिम अन्डर- १९ विश्वकप खेल्न जाँदैछ। सिनियर टिम क्वालिफायर खेल्न जाँदैछ। राज्यले क्रिकेटमा सही तरिकाले लगानी गरिदिने हो भने प्रतिफल दिन्छ। 

विदेशीहरु अभ्यासका लागि छिट्टै नेपालमा आउँदैछन्। क्यानले उनीहरुका लागि खान- बस्नदेखिको अन्य व्यवस्थापन कसरी मिलाउँदैछ? 
विशेष गरी यो एसीसीको कार्यक्रम हो। हामीले त यसलाई होस्ट मात्रै गरिराखेका हौं। यसमा लाग्ने खर्च एसीसीले नै गर्ने हो। कोही पनि चाडै आउँदै हुनुहुन्छ भने त्यो उहाँहरुको आफ्नै खर्चमा आउने हो। त्यसको सहजीकरण चाहिँ हामीले गरिदिन्छौं। उहाँहरुलाई होटलदेखिको व्यवस्थापनको पाटोमा समन्वय मात्रै गर्न सक्छौं। खर्च उहाँहरु आफैंले गर्ने हो। अन्य हामीले अर्गनाइज गर्ने कुरा त गर्ने नै भयौं।

एसीसीले विश्वास गरेर यो अवसर प्रदान गरेको छ। यस पटक हामी सफल भएको अवस्थामा अरु ठूला प्रतियोगिताको अवसर पनि प्राप्त गर्न सक्ला। यसमा क्यानले कसरी लबिङ गरिराखेको छ? 
यो चाहिँ क्यानको मात्रै होइन, राष्ट्रकै प्रतिष्ठा जोडिएको विषय हो। यहाँको स्थानीय सरकार, स्थानीयबासी, सरोकारवाला सम्पूर्णको प्रतिष्ठासँग जोडिन्छ। यति ठूलो प्रतियोगिता नेपालमा धेरै पछि आइरहेको छ। यो एसिया कप पछाडिको दोस्रो ठूलो प्रतियोगिता हो। यसमा विजेता टिमले एसिया कप खेल्न पाउँछ। एसियामा पनि हाम्रो जो टिम जान्छ, उसले भारत र पाकिस्तानको टिमसँग खेल्छ। नेपालले जितिरहँदा हामीलाई पनि यो अवसर आउन सक्छ। भारत र पाकिस्तानसँग खेल्न पाउनु हाम्रा लागि ठूलो अवसर पनि हो। यो हाम्रो लागि ठूलो अवसर पनि हो। यी सबै कुरालाई केन्द्रमा राखेर सरकार, राष्ट्रिय खेलकुद परिषद् लगायत सबै मिलेर यो प्रतियोगिता सम्पन्न गर्नुपर्छ। 

आइसीसीले पनि नेपाललाई प्रमोट गरिरहेको छ। दर्शकको अथाहा माया छ। आवश्यक पूर्वाधारहरु हुने हो भने नेपाललाई यो भन्दा ठूला अवसर आउन सक्छन्। आइसीसीका अन्य इभेन्ट आउन सक्छन्। हामी कम्तीमा पनि चार वर्षसम्म त रिभेरी साइकलमा क्रिकेट खेल्न सक्ने भयौं। त्यो टुर्नामेन्ट त अटोमेटिक भइहाल्यो। विभिन्न टिमले हामीलाई अप्रोज गर्न खोज्दैछन्। टिमले मात्रै होइन, विभिन्न खेलाडीले हाम्रो टिमबाट खेल्ने इच्छा जाहेर गरिराखेका छन्। 

हामीले स्कटल्याण्डका दुई वटा टिमलाई हराउनु भनेको सानो उपलब्धि होइन। नामिबिया, यूएईमाथि जित हासिल गरेका छौं। हाम्रो टिम अब कमजोर टिम होइन। एउटा ओडीआई स्टाटस भित्र पाइरहेको बलियो टिमभित्र हामी पर्छौं। त्यस कारण हामीले पटकपटक राज्यलाई पूर्वाधारमा लगानी गर्न जोड दिइरहेका छौं। टियुमा फ्लड लाइट राखेर मात्रै समस्याको समाधान हुँदैन। रात्रिकालीन खेल हुँदा के त्यहाँ गाडीको सुविधा हुन्छ? राति खेल हेर्न दर्शकहरु कसरी जान्छन्? क्रिकेट संघले त्यसलाई व्यवस्थापन गर्न सक्ने कि नसक्ने?

त्यसैले हामीले सुविधासम्पन्न स्टेडियम बनाउनुपर्छ भनेका हौं। अन्तर्राष्ट्रिय एयरपोर्ट, विभिन्न सुविधासम्पन्न होटल आवश्यक हुन्छन्। सुरक्षाको राम्रो प्रबन्ध हुनुपर्छ। यी सबै कुरा तत्काललाई काठमाडौं बाहिर छ जस्तो लाग्दैन। तर काठमाडौंमा यी सबै पूर्वाधार बनेको खण्डमा सम्भव छ। त्यसैले सरकारले पूर्वाधारमा लगानी गरिदिनुपर्‍यो। क्रिकेटलाई प्राथमिकतामा राखिदिनुपर्‍यो। खेलाडीले दिएको नतिजामा रमाउने मात्रै होइन.

क्यान भित्रको विवादले पनि क्रिकेटको विकास हुन सकेन भन्ने आरोप छ नि? 
संघ-संस्था भनेका विभिन्न व्यक्तिहरु जोडिने ठाउँ हुन्। क्रिकेट संघ भित्र पनि विभिन्न उमेर समूहका मान्छेहरु छौं। विभिन्न सोचका मान्छे छौं। विभिन्न ठाउँका मान्छे छौं। हाम्रो स्कुलिङ फरक/फरक छ। यी सबै भएको ठाउँमा सबै कुराको समिश्रण हुँदैन। सामान्य द्वन्द्व हुनु स्वभाविक पनि हो। तर केका लागि भन्ने कुराले अर्थ राख्छ। 

क्रिकेटको विकासका लागि विचार मन्थन हुनुपर्छ। क्रिकेटको विकासका लागि हामी अगाडि नबढ्ने हो भने त्यसलाई न्याय गरेको मानिँदैन। सामान्यतया: घरमा त कति ठूलो लफडा आइरहेको हुन्छ। वादविवाद हुन्छ। प्रतिवाद हुन्छ। भनाभन हुन्छ। झगडा हुन्छ। मिल्छ नि त्यो कुरा पनि। क्रिकेटमा पनि त्यही हो।

क्यान ठूलो संस्था हो। यहाँ सबैको चासो हुन्छ। क्यानले नराम्रो गर्दा गाली खान्छ भने राम्रो गर्दा त जस दिनुपर्‍यो नि। क्रिकेट संघलाई गाली मात्रै दिएर हुँदैन। यो न्यायोचित हो त? आजको दिनमा क्रिकेट संघ सफल छ भन्ने प्रमाण त नतिजाले देखाइरहेको छ नि।

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १८:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पुर्ख्यौली थलोमा पुनर्स्थापित हुन खोजिरहेका कश्मीरी पण्डितलाई फेरि धम्की, निगरानीमा रहेकाले फर्किनुअघि सोच्न चेतावनी
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न?
दोलखामा फिल्म सिटी : १५ वर्षदेखि अधुरै
सम्बन्धित सामग्री
टप एन्ड टी–ट्वान्टीमा नेपाल ‘ए’को पहिलो जित पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५४ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको होबार्ट हुरिकेन्स एकेडेमी... सोमबार, भदौ ८, २०८३
नेपाल र होबार्ट हुरिकेन्स भिड्दै नेपाल ‘ए’ क्रिकेट टोलीले अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा सोमबार होबार्ट हुरिकेन्स एकेडेमीको सामना गर्दैछ। खेल डार्विनस्थित... सोमबार, भदौ ८, २०८३
शोरिफुलको उत्कृष्ट बलिङ, बंगलादेशविरुद्ध अस्ट्रेलियालाई १४६ रनको अग्रता शोरिफुल इस्लामले करिअरकै उत्कृष्ट बलिङ गर्दै ७ विकेट लिएपछि बंगलादेशले दोस्रो टेस्टको दोस्रो दिन अस्ट्रेलियालाई पहिलो इनिङ्समा २१० र... आइतबार, भदौ ७, २०८३
ताजा समाचारसबै
पुर्ख्यौली थलोमा पुनर्स्थापित हुन खोजिरहेका कश्मीरी पण्डितलाई फेरि धम्की, निगरानीमा रहेकाले फर्किनुअघि सोच्न चेतावनी सोमबार, भदौ ८, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
दोलखामा फिल्म सिटी : १५ वर्षदेखि अधुरै सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
देउवा–खड्काको पूरक निवेदन मंगलबार मात्रै दर्ता हुने सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्