काठमाडौं- काठमाडौं महानगरपालिकाले मिटर ब्याजीहरूविरुद्धको आन्दोलनमा प्रतिबद्धता जनाउँदै शान्तिबाटिकामा आन्दोलन गर्ने प्रबन्ध मिलाएको जनाएको छ।
खुलामञ्चमा गएर आन्दोलन गर्न खोजेका उनीहरूलाई रोक्दै शान्तिबाटिकामा प्रबन्ध गरेको मेयर बालेन शाहले जनाएका छन्।
११ दिनदेखि हिँडेर काठमाडौं आइपुगेका मिटरब्याज र लघुवित्त पीडितहरूलाई काठमाडौं बसुन्जेल पशुपति धर्मशालामा बास र खानको व्यवस्थापन गर्न आफू तत्पर भएर सोमबार बिहानै उनीहरूसँग सम्पर्क समेत गरेको उनले ताएका छन्।
उनले भने, ‘उहाँहरूसँग सम्पर्क गरेर हामीले पशुपति जान अग्रह गर्यौं। तर, उहाँहरू खुल्लामञ्चमै बस्न खोज्नुभयो। हामीले सम्झाएर रत्नपार्कको शान्तीबाटिकामा आन्दोलन गर्न प्रबन्ध गरेको छौं र उहाँहरूको मागप्रति ऐक्यवद्धता जनाउँदै नेपाल सरकारसमक्ष उहाँहरूको समस्या समाधानको लागि जोडदार माग राख्दछौं।’
आफूले यस्तो अवस्थामा काठमाडौं कोही आउन नपर्ने वातावरण सिर्जना गर्नुपर्ने बताउँदै गाउँ-गाउँमा सरकार पुग्ने वातावरण बनाउने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।