काठमाडौं– काठमाडौंको कलंकीस्थित मालपोत कार्यालय अगाडि बल्खु खोलामा आज भर्खरै जन्मिएको शिशुको शव भेटिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका सहायक प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टले बल्खु खोलामा नवजात शिशु (बालिका)को शव फेला परेको र उक्त विषयमा अनुसन्धान भइरहेको जानकारी दिए।
उनका अनुसार स्थानीयले खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। शव कसले र किन फालेको भन्नेबारे नखुलेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।