काठमाडौं- नेपाल प्रहरीमा वरिष्ठ उपरीक्षक (एसएसपी) माथिका ३३ पद रिक्त भएका छन्। ३० वर्षे सेवा अवधिका कारण आईजीसहितका उच्च अधिकारीहरु अवकाशमा गएसँगै पदहरु रिक्त भएका हुन्।
प्रहरीमा ८ वटा एआईजीको दरबन्दी छ। जसमध्ये अहिले टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य गरी ४ मात्रै एआईजी छन् भने ४ एआईजीको पद खाली छ।
उक्त चार एआईजीमा बढुवा हुनका लागि सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह, किरण राणा प्रतिस्पर्धामा छन्।
त्यसैगरी अहिले ७ डीआईजीको दरबन्दी रिक्त छ। माथि नाम उल्लेख गरिएका ११ डीआईजीमध्ये ४ जना एआईजी भएपछि डीआईजी रिक्तको संख्या १३ पुग्छ।
१३ डीआईजीको लागि एसएसपीहरु जनक भट्टराई, विष्णुकुमार केसी, भरतबहादुर बोहरा, कुबेर कडायत, केदार ढकाल, रविन्द्र केसी, राजेशनाथ बास्तोला, लालमणि आचार्य, यज्ञविनोद पोखरेल, चन्द्रकुबेर खापुङ, अर्जुन चन्द ठकुरी, विकासराज खनाल, सुरेन्द्रप्रसाद मैनाली, कृष्णहरि शर्मा पोखरेल र चक्रबहादुर सिंहलगायत प्रतिस्पर्धामा छन्।
त्यस्तैगरी रिक्त १६ एसएसपीका लागि विश्व अधिकारी, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, विश्वमणि पोख्रेल, शेखर खनाल, अभिनारायण काफ्ले, सोमेन्द्र सिंह राठौर, मुकुन्द मरासिनी, दिनेशराज मैनाली, कृष्णबहादुर पल्लीमगर, भुपेन्द्रबहादुर खत्री, गंगा पन्त, गोपालचन्द्र भट्टराई, रविकुमार पौडेल, बेलबहादुर पाण्डे, दीप शमशेर जबरा, नवीनराज राई, तारादेवी थापा, आभुषण तिम्सिना, प्रवीण पोखरेल, प्रज्वल महर्जन, बसन्त रजौरे, वीरबहादुर ओली, चन्द्रदेव राईलगायत प्रतिस्पर्धामा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।