काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माले कृषि क्षेत्रको अधिकारलाई हेरेर संघीयताका आधारमा नेपाल पशुधन गुरु योजना बनाउन आवश्यक रहेको बताएका छन्।
आइतबार कृषि मन्त्रालयले सुरु गरेको दुई दिने नेपाल पशुधन गुरु योजना छलफल कार्यक्रममा बोल्दै गुरु योजना बनाउँदा कृषि क्षेत्रको अधिकारलाई हेरेर संघीयता अनुसार पशुधन गुरु योजना बनाउन आवश्यक रहेको बताएका हुन्।
उनले मुलुक संघीयता कार्यान्वयनको चरणमा गएको अवस्थामा कृषि र पशुपालन तर्फका विकास र प्रवर्द्धनात्मक गतिविधिहरुका धेरै जिम्मेवारीहरु प्रदेश,स्थानीय तहको मातहतमा गएको बताए।
सचिव शर्माले संघको जिम्मेवारी भनेको राष्ट्रिय नीति, अन्तर्राष्ट्रिय र अन्तरप्रदेश समन्वय गर्ने भएको बताए। उनले त्यसमा कानुनी रुपमा भए/नभएको हेर्न अधिकार संघलाई रहेको पनि बताए। नेपाल पशुधन गुरु योजना बनाउँदा अन्य मुलुकको नक्कल गर्ने भन्दा पनि वास्तविकतामा आधारित भएर बन्नुपर्ने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।