काठमाडौं– नवनियुक्त प्रहरी महानिरीक्षक (आईजी) वसन्तबहादुर कुँवरले दर्ज्यानी चिह्न लगाएका छन्। गृह मन्त्रालयका सचिव विनोद प्रकाश सिंहले आईजी कुँवरलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन्।
गृह मन्त्रालयमा आयोजित कार्यक्रममा सचिव सिंहले आईजी कुँवरलाई दर्ज्यानी चिन्ह प्रदान गर्दै कार्याकाल सफलताको शुभकामना दिए।
सरकारले गत शुक्रबार कुँवरलाई आईजीमा बढुवा गर्ने निर्णय गरेको थियो। कुँवर नेपाल प्रहरीको ३०औं आईजी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।