काठमाडौं- कोटेश्वर बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेपाल विद्यार्थी संघका सञ्जय बुढाथोकी निर्वाचित भएका छन्।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत आंगिक क्याम्पसको रुपमा रहेको कोटेश्वर बहुमुखी क्याम्पसमा चैत ५ गतेका लागि हुने भनिएको स्ववियु निर्वाचन स्थगित भएको थियो।
त्रिविले स्थगित भएका मातहतका क्याम्पसमा १२ गते भित्र स्ववियु निर्वाचन सम्पन्न गर्न निर्देशन दिएको थियो। सोही निर्देशनका आधारमा शुक्रबार भएको स्ववियु निर्वाचनमा नेविसंघको प्यानल विजयी भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।