काठमाडौं- नेपाल प्रहरीको प्रमुख (आइजिपी) बनाउन बोलाइएको मन्त्रीपरिषद् बैठक जारी छ। वर्तमान प्रहरी प्रमुख धिरजप्रताप सिंहको कार्यकाल शुक्रबार राति १२ बजेबाट सकिने भएकाले मन्त्रीपरिषदले नयाँ प्रहरी प्रमुख छान्न लागेको हो।
नयाँ प्रहरी प्रमुखका लागि पाँचजना प्रतिष्पर्धामा छन्। पाँचजना मध्ये मन्त्रीपरिषद्ले गृहमन्त्रालयको सिफारिसमा नयाँ प्रहरी प्रमुख चयन गर्नेछ।
नियमित मन्त्री परिषद् बैठक यसअघि बिहीबार बस्ने चलन भएपनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार ४ बजेका लागि बैठक बोलाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।