काठमाडौं- चक्रवर्ती हवी एजुकेसन एकेडमी (स्कुल अफ ल)ले शुल्क वृद्धि गरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ता सिमी गुप्ताले चक्रवर्ती हवि एजुकेसन एकेडमी (कलेज अफ ल), नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबार र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई विपक्षी बनाएर रिट दायर गरेकी हुन्।
चक्रवर्ती ल कलेजले बिएएलएलबी र एलएलएमको शुल्कमा स्वच्छेचारी ढंगले वृद्धि गरेको रिटमा उल्लेख छ।आर्थिक वर्ष २०७८/०७९ मा पाँच वर्षे बिएएलएलबीको ७ लाख १६ हजार ४ लिने गरेको शुल्क उक्त कलेजले एकाएक १० लाख ७० हजार पुर्याएको र दुई वर्षे स्नातकोत्तर एलएलएम तहको ३ लाख २३ हजार २ सयबाट ५ लाख ४८ हजार रुपैयाँ पुर्याएकोले विद्यार्थीहरु मारमा परेको जनाइएको छ।
चक्रवर्ती एजुकेशन एकेडमीले आफूखुसी शुल्क बढाउँदा कानुनका विद्यार्थीहरु मारमा परेको उल्लेख गर्दै गैरकानुनी कार्यले संविधान र कानुनले निर्दिष्ट गरेको शिक्षाको हकबाट समेत बञ्चित हुनु परेको गुप्ताले रिटमा उल्लेख गरेकी छन्।
सरकार र सम्बन्धित पक्षले शुल्क वृद्धि नियन्त्रण गर्न नसेकको, शुल्क वृद्धिबारे सरकार मौन बस्नुले विद्यार्थीहरु शिक्षाको हकबाट बञ्चित भएको उल्लेख गरिएको छ। साथै चक्रवर्ती ल कलेजको शुल्क वृद्धि स्वच्छेचारी, गैरकानुनी, असंवैधानिक, सम्मानित सर्वोच्च अदालतको नजिर र अन्तर्राष्ट्रिय कानुन विपरीत भएको भन्दै त्यसलाई तत्काल रोक्न अन्तरिम आदेशको माग समेत गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।