• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

१४ बुँदे घोषणापत्र जारी गर्दै सकियो सामुदायिक रेडियोको राष्ट्रिय सम्मेलन

64x64
नेपाल लाइभ बिहीबार, चैत ९, २०७९  १८:०२
1140x725

ललितपुर– १४ बुँदे प्रतिबद्धता र माग प्रस्तुत गर्दै ‘सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन तथा सामुदायिक रेडियो प्रसारक संघको १७औं साधारण सभा’ सम्पन्न भएको छ। 

सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालको आयोजनामा बुधबार ललितपुरमा सुरु भएको सम्मेलन घोषणापत्र जारी गर्दै बिहीबार सकिएको हो। घोषणापत्रमा सात वटा प्रतिबद्धता र सात वटा माग उल्लेख गरिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

सम्मेलनले सामुदायिक रेडियोको दिगोपनामा काम गर्ने अभियानमा प्रतिबद्धता व्यक्त जनाएको छ। यस्तै, सामुदायिक रेडियोको नेतृत्व र प्रसारण सामग्रीमा महिला, आदिवासी, बालबालिका, जेष्ठ नागरिक, फरक क्षमता भएका, दलित, अल्पसङ्ख्यकलगायत पछि पारिएका समुदायहरूलाई समान ढङ्गले अवसर पाउने वातावरण बनाउन नीतिगत रूपमै व्यवस्था गर्न प्रतिबद्धता व्यक्त गरिएको छ। 

Xtrem
Xtrem

समानता र सुशासन प्रवर्द्धनका लागि भूमिका निर्वाह गर्दै, रेडियोमा समुदायको सहभागिता वृद्धि गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ। 

बालविवाह, दाईजो प्रथा, छाउपडी, लैङ्गिक हिंसा, अपाङ्गता भएकाहरूमा हुने विभेद, छुवाछूत, बोक्सीलगायतका हानिकारक परम्परागत अभ्यासहरूको अन्त्यका लागि निरन्तर क्रियाशील रहने सामुदायिक रेडियो सञ्चालकहरूले प्रतिबद्धता जनाएका छन्। सामुदायिक रेडियोमा महिला नेतृत्व सुनिश्चित गर्न सदस्य रेडियोहरूको बोर्डमा अध्यक्ष पुरुष भए महिला सचिव हुने अनिवार्य व्यवस्था गर्ने प्रतिबद्धता पनि व्यस्त गरिएको छ। 

घोषणापत्रको पूर्णपाठः
२०७९ साल चैत ८ र ९ गते बागमती प्रदेशको काठमाडौंमा सम्पन्न सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालको २३ औं स्थापना दिवसका अवसरमा भएको राष्ट्रिय सम्मेलन तथा १७ औं साधारणसभापछि जारी सामुदायिक रेडियोहरूको काठमाडौं घोषणा पत्र– २०७९
सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालको १७औं वार्षिक साधारण सभा तथा राष्ट्रिय सम्मेलनमा सहभागी हामी देशभरका सामुदायिक रेडियोका सञ्चालकहरू अभिव्यक्ति स्वतन्त्रता र आवाजविहीनहरूको आवाजका लागि नागरिकको सूचनाको हकको संरक्षण र संवर्धन, लोकतन्त्र, मानव अधिकार र बहुलवाद आत्मसात गर्दै आत्मसम्मानसहितको जीवनशैली, भाषा, संस्कृति संरक्षण गर्दै हानिकारक परम्परागत अभ्यासको अन्त्य गरी पारदर्शिता र जवाफदेहिता अभिवृद्धि गर्न सहयोग गर्दै सामाजिक रुपान्तरणका क्षेत्रमा क्रियाशील हुँदै सामुदायिक रेडियोहरूले वर्तमान समयमा सामना गर्नु परेका आर्थिक तथा नीतिगत चुनौतीको सम्बोधन एवं प्राप्त अवसरहरूलाई उपयोग गर्नका लागि निम्नानुसारको काठमाडौं घोषणा पत्र जारी गर्दछौं।
प्रतिबद्धताहरूः
१) नेपालमा सामुदायिक रेडिया प्रसारणको २६ वर्ष प्रवेशको अवसरमा हामी सबैलाई वधाई तथा हार्दिक शुमकामना व्यक्त गर्दै यो वर्ष रजत उत्सवका विभिन्न कार्यक्रम गरेर सामुदायिक रेडियोको दिगोपनामा काम गर्ने अभियानमा प्रतिबद्धता व्यक्त गर्दछौं।
२) सामुदायिक रेडियोको नेतृत्व र प्रसारण सामग्रीमा महिला, आदिवासी, बालबालिका, जेष्ठ नागरिक, फरक क्षमता भएका, दलित, अल्पसङ्ख्यकलगायत पछि पारिएका समुदायहरूलाई समान ढङ्गले अवसर पाउने वातावरण बनाउन नीतिगत रूपमै व्यवस्था गर्न हामी प्रतिबद्धता व्यक्त गर्दछौं।
३) समानता र सुशासन प्रवर्धनका लागि भूमिका निर्वाह गर्दै, सामाजिक रुपान्तरण अभियानमा सामुदायिक रेडियोको गतिविधि बिस्तार गरी रेडियोमा समुदायको सहभागिता वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं।
४) नेपालको संविधान २०७२ द्वारा प्रदत्त सुचनाको हक, मिडियाको स्वतन्त्रता र अभिव्यक्तिको स्वतन्त्रतालाई व्यवहारिक रूपमा आधारभूत तहसम्म अनुभूत गराउन सक्ने सामुदायिक रेडियोको विशिष्ट सामर्थ्य र जिम्मेवारिप्रति सम्पूर्ण रूपमा सचेत रहँदै यसका लागि थप ऊर्जा र रणनीतिसहित अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्दछौं।
५) वालविवाह, दाईजो प्रथा, छाउपडी, लैङ्गिक हिंसा, अपाङ्गता भएकाहरूमा हुने विभेद, छुवाछुत, बोक्सीलगायतका हानिकारक परम्परागत अभ्यासहरूको अन्त्यका लागि निरन्तर क्रियाशील रहने र धार्मिक तथा सांस्कृतिक सद्भावका लागि सबै धर्मका धार्मिक, सांस्कृतिक अगुवा, धर्मगुरु तथा सरोकारवालाहरूसँग सहकार्य गरी अभियान सञ्चालन गर्न पनि प्रतिबद्धता व्यक्त गर्दछौं।
६) सामुदायिक रेडियोमा महिला नेतृत्व सुनिश्चित गर्न सदस्य रेडियोहरूको बोर्डमा अध्यक्ष पुरुष भए महिला सचिव हुने अनिवार्य व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं।
७) अपाङ्गता भएका व्यक्तिहरूलाई सामुदायिक रेडियोको सञ्चालक समिति र रेडियो सामग्री निर्माणमा सहभागी गराउन रणनीति बनाउने प्रतिबद्धता व्यक्त गर्दछौं।
मागहरूः
८) रेडियो नवीकरण गर्न प्रदेशमा धाउनु पर्ने बाध्यताको अन्त्य गरेर जिल्लाबाटै नवीकरण गर्ने व्यवस्था मिलाउन माग गर्दछौँ। संघीय तहको आम सञ्चार ऐन निर्माणको कार्य यथाशिघ्र सुरु गरी राष्ट्रिय आम सञ्चार नीति २०७३ ले गरेको व्यवस्था अनुसार अब बन्ने आम सञ्चार ऐनमा सामुदायिक रेडियोसम्बन्धी छुट्टै व्यवस्था गरियोस्। सामुदायिक रेडियो र त्यहाँ कार्यरत रेडियोकर्मीको क्षमता अभिवृद्धि र रेडियोको दिगोपनका लागि आवश्यक पर्ने नीति तथा कार्यक्रम ल्याउन स्थानीय, प्रदेश र संघीय सरकारसँग माग गर्दछौं।
९) विज्ञापन वितरणमा विद्युतीय र छापा माध्यमप्रति गरिएको विभेद अन्त्य गरी समानुपातिक विज्ञापन नीति लागु गर्न जोडदार माग गर्दछौं। साथै स्थानीय सरकार र स्थानीयस्तरमा कार्यक्रम गर्ने सङ्घसंस्थाहरूले स्थानीयस्तरमै सञ्चालित रेडियोसँग सहकार्य गर्न र सूचना तथा विज्ञापन सामुदायिक रेडियोबाटै प्रसारण गर्ने नीतिगत व्यवस्था गरी अविलम्व कार्यान्वयन सुरु गरियोस्।
१०) सामुदायिक रेडियोले तिर्नुपरेको वितरण शुल्क (रोयल्टी) तथा नवीकरण शुल्क खारेज गरेर अन्य सञ्चारमाध्यमको पहुँचबाहिर रहेका दुर्गम एवं पछाडि पारिएका क्षेत्रमा सञ्चालित सामुदायिक रेडियोलाई विशेष सहुलियत र सहयोगको प्रबन्ध गरियोस्। रेडियोहरू समायोजन गर्न, विषयगत बनाउन नीति र सहुलियत प्रदान गरियोस्।
११) कुनै पनि सञ्चारमाध्यमको दर्ता खारेज नगरिने संविधान प्रदत्त हक विपरित कुनै पनि बहानामा रेडियोको नवीकरण रोक्ने जस्ता कार्य बन्द गर्न माग गर्दछौँ। रेडियो र अन्य माध्मयमप्रति भएका विभेदकारी नीति र प्रशासनिक दोहोरो झमेलाहरू हटाइयोस्। सरल र सहज विधिबाट आर्थिक वर्षको अन्त्यभित्र नै रेडियो नवीकरणको व्यवस्था गर्न माग गर्दछौं।
१२) स्थानीय, प्रदेश र संघीय सरकारले एकपक्षिय रूपमा बनाएका नीति तथा ऐनहरूले सामुदायिक रेडियोको पहिचानलाई स्वीकार नगरेको हुनाले सामुदायिक रेडियो प्रसारकसँगको सहभागितामा रेडियोमैत्री नीति तथा ऐन निर्माण गर्न सरकारको ध्यानआकर्षण गराउँदछौं।
१३) विधुत महसुल शुल्कमा सामुदायिक रेडियोका लागि प्रदान गरिएको सहुलितप्रति विद्युत नियमन आयोगलाई धन्यवाद् दिँदै सहुलियतलाई ५० प्रतिशतमा पुर्‍याउनका लागि ध्यानाआकर्षण गर्दछौं।
१४) सामुदायिक रेडियो विपद् कोषमा नेपाल सरकारको तर्फबाट पनि स्वामित्व लिनका लागि हार्दिक आह्वान गर्दछौं।
जारी मितिः २०७९ चैत ९ गते

प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  १८:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना
प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किंदै, विमानस्थलमा प्रेस ब्रिफिङ हुने
‘जलाकी’को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक
सम्बन्धित सामग्री
सुस्ताका १६५ घरमा बाढी पस्यो, जोखिममा बस्ती पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ मा नारायणी नदीको बाढी पसेपछि १६५ घरपरिवार उच्च जोखिममा परेका छन्। शुक्रबारदेखि थारु टोलबाट बस्... शनिबार, असोज १०, २०८३
पहिरोले कर्णालीका विभिन्न सडक अवरुद्ध लगातारको वर्षासँगै पहिरो खस्दा कर्णाली प्रदेशका विभिन्न जिल्लाका सडक अवरुद्ध भएका छन्। मध्यपहाडी राजमार्ग, कर्णाली राजमार्ग, कर्णाली... शनिबार, असोज १०, २०८३
लगातारको वर्षाले रुख ढल्दा सुर्खेत–जाजरकोटतर्फको विद्युत् सेवा प्रभावित लगातारको वर्षाका कारण रुख ढल्दा सुर्खेतको वीरेन्द्रनगर–सुब्बाकुना–रामघाट ३३ केभी विद्युत् लाइनमा क्षति पुगेपछि विभिन्न क्षेत्रमा विद... शनिबार, असोज १०, २०८३
ताजा समाचारसबै
नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना शनिबार, असोज १०, २०८३
प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किंदै, विमानस्थलमा प्रेस ब्रिफिङ हुने शनिबार, असोज १०, २०८३
‘जलाकी’को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक शनिबार, असोज १०, २०८३
देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै शनिबार, असोज १०, २०८३
सुस्ताका १६५ घरमा बाढी पस्यो, जोखिममा बस्ती शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
७७ जिल्ला तीन तहमा विभाजन, २५ मा भोलि यातायात पूर्ण बन्द शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्