काठमाडौं– साप्ताहिक कारोबारको तेस्रो दिन आज (बुधबार) सेयर बजारमा करिब १५.८६ अंकले गिरावाट आएको छ। उक्त अङ्कको गिरावाटले नेप्से १९३३ अङ्कमा समेटिएको छ।
पछिल्लो दिनको कारोबारमा २२.६ अङ्कले बढेको सेयर बजार बुधबारको कारोबार सकिँदा भने सबै सूचकहरु राताम्मे बनेका छन्। मंगलबार सार्वजनिक बिदा परेकोले पछिल्लो कारोबार दिन सोमबार रहेको थियो।
बुधबार १ अर्ब ३३ करोडको कारोबार हुँदा १६६ कम्पनीको मुल्यमा गिरावाट आएको छ भने ३८ कम्पनीमा भने मूल्यमा सुधार भएको छ। यस्तै, १० वटा कम्पनीको भने मूल्य स्थिर रहेको छ।
बुधबार बैंकिङ ७, विकास बैंक ४५, फाइनान्स २३, होटल तथा पर्यटन ३५, जलविद्युत् २६, जीवन बीमा १२८, उत्पादन ८२, लघुवित्त ११, निर्जीवन बीमा ९४ र अन्य उपसमूह १४ अङ्कले घटेका छन्। यस्तै, मायाखोला हाइड्रोपावरको मूल्य १० प्रतिशतले र सपोर्ट लघुवित्तको मुल्य ६ प्रतिशतले बढेको छ।
बोटलर्स नेपाल तराईको मूल्य सबैभन्दा धेरै ७.६ प्रतिशतले घटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।