काठमाडौं- वैदेशिक रोजगार विभाग, बुद्धनगर, काठमाडौंमा कार्यरत नायब सुब्बा प्रमोद पाण्डेले ३० घुस लिएको आरोपमा मुद्दा दायर गरिएको छ।
वैदेशिक रोजगार कसुरमा मिलापत्रपश्चात् रोक्का भएको बैंक खाता सञ्चालन गर्न सेवाग्राहीसँग घुस लिएको भन्दै उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो।
उनले ३० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा यसअघि नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।
उनले बैंक खाता फुकुवा गरिदिने तथा तारेख लगायत मुद्दासम्बन्धी प्रक्रियामा सहजीकरण गरिदिने भन्दै उक्त रकम लिएको बताइएको छ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) खण्ड (ख) बमोजिमको कसुर गरेकोले पाण्डेलाई ३० हजार बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।